बलात्कार : बिमल लामा (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर २३।
म चिच्याएको छु
कराउदै डराएको छु
तलमाथी धाएको छु
केही दिदै छु केही लिदै छु
भित्र भित्रै यौवनमा रमिरहेछु
लाग्छ म आफैंलाई
बलात्कार गरिरहेछु ।
सपनाको वस्त्र धुजाधुजा बन्दै छन्
प्रत्येक समय रात बन्दै छन्
अब मीठो आनन्दको लागि
चिसो रात मलाई पल्टाइरहेछ
पलपल यताउता सरिरहेछु
ब्रह्माण्ड संगै झरिरहेछु
हरेक पलहरु सत्कार गरिरहेछु
म आफैंलाई बलात्कार गरिरहेछु ।
चाहनाले रक्सी खोज्यो पिउछु
आफ्नो भन्दा अरुको भरमा जिउछु
हिड्दा हिड्दै जवर्जस्त रोकिन्छु
मुहार मुहार सँग ठोकिन्छु
प्रत्येक लक्ष्य मेरो बिछ्यौनामा तयार छन्
मलाई खोजिरहेछन्
तर तिनीहरु सँग म हारिरहेछु
किनभने म आफैं
आफूलाई बलात्कार गरिरहेछु ।
वीर्यरुपी पसिना झर्दै गैरहन्छन्
मुस्किलले अन्न च्यापेको छु
नहेर्ने कुरा रमाइलो मान्दै हेरेको छु
सबै संदेहमा गरेको छु खाली छु
तर भरेको छु
समयको कण संगै मरेको पनि छु
आफू सास रोक्ने प्रतिमुर्ति बन्दै
खै के के गरिरहेछु
परिभाषित यहि छ
म आफैंलाई बलात्कार गरिरहेछु ।