बनेपामा मोटरसाइकल दुर्घटना हुँद दुई जनाको मृत्यु

कपन अनलाइन

काठमाडौं ,मंसिर २२।

काभ्रेको बनेपामा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँद दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मोटरसाइकल दुर्घटनामा परि काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बनेपा नगरपालिका ६ मा ना १२ प ७४२९ नम्बरको डिस्कोभर मोटरसाइकल र बागमती प्रदेश ०२(०१७ प २७०८ नम्बरको एफ जेड मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जानकारी दिनुभयो । उहाँले दुर्घटनाम घाइते हुनुभएको दुबैको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको बताउनुभयो । दुर्घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ का बिकास बस्नेत, काभ्रेको धुलिखेल नगरपालिका ४ का १८ बर्षका अनिल मगर, उदयपुर कटारि ६ का १८ बर्षका सुबास मगर घाइते हुनुभएको छ । घाइते बस्नेत नेपाली सेनामा कार्यरत हुनुहुन्छ । उहाँलाई थप उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा रिफर गरिएको छ । घाइते सुबास र अनिलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।