“सिभिल सोल्जर्स” मा बुढानिलकण्ठका मनोज श्रेष्ठको समाजसेवा

कपन अनलाइन

काठमाडौं ,मंसिर २२।

नेपालका कोरोना ‘हिरो’हरूको कथामा डकुमेन्ट्री फिल्म सिभिल सोल्जर्स (Civil Soldiers) को निर्माण भएको छ। कोरोना महामारीमा मानवीय सेवामा समर्पित रहेर समाजसेवा गरिरहेका नायकहरुको सत्कर्म समेटेर बनाइएको सो डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सवमा प्रिमियर गरिनेछ।

कोरोना महामारीका विचमा विरामीहरुलाई सवारी सेवा र उद्दारमा सक्रिय रहंदा रहँदै संक्रमित बनेका श्रेष्ठ कोरोना पराजित गरेपछि पनि निरन्तर सेवामा रहेका थिए।

संचारकर्मी गणेश पाण्डेको निर्देशन र कार्यकारी निर्माण रहेको सो डकुमेन्ट्री फिल्मलाई सात महिना लगाएर पुकार तिमल्सिना र अभिनास लामाले कैद गरेका हुन्।

साइन मिडियाको प्रस्तुतिमा बनेको सो डकुमेन्ट्री फिल्ममा सारदा गैरेको निर्माण र ईश्वर कोइरालाको सम्पादन रहेको छ।

तपाइँको प्रतिक्रिया ।