गजल : विजया बस्नेत

गजल : विजया बस्नेत

कपन अनलाइन

काठमाडौं ,मंसिर २१।

घामको छाँया सधै बन्ने जूनको माया लाग्छ
छोडी जाने निष्ठुरीको गुनको माया लाग्छ

छायाँ बनेकि म, उनीकलेजीको माया बने
निर्मोहीले भुल्यो भन्छन्, उनको माया लाग्छ

चाहिदैन सागरको मोती, हिरा, सुन मलाई
कुबेर चाहाने भएभन्थे, सुनको माया लाग्छ

यो मुटुको ढुकढुकीमा गुञ्जिरहने संगीतउनी
त्यसैले त उनको आवाज, धुनको माया लाग्छ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।