बुढानिलकण्ठ-१२ मा हाइटेन्सन मुनि घर ,निर्माण स्वीकृति दिने र लिनेलाई कारवाही माग

बुढानिलकण्ठ-१२ मा हाइटेन्सन मुनि घर ,निर्माण स्वीकृति दिने र लिनेलाई कारवाही माग

कपन अनलाइन

काठमाडौं ,मंसिर २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सोलुडाँडा सुबी गाउँ क्षेत्रमा बिजुलीको हाई टेन्सन लाइन मुनि घर बनाउन स्वीकृति दिने अधिकारी र प्राविधिकलाई कारवाहीको माग गरिएको छ।

नेपाल सरकारको कानुन,नियम ,ऐन र सुरक्षा मापदण्डको खिल्ली उडाउदै सो क्षेत्रका धेरै घर हरुलाई निर्माण इजाजत र स्वीकृति प्रादन गर्ने सरकारी अधिकारी र सरोकारवालाहरुलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्न स्थानीयहरुले जोडदार माग गरेका छन।

नियम अनुसार कुनैपनि क्षेत्रमा रहेको हजारौ भोल्टेजको बिद्युत बगिरहने तारहरु बाट केहि फुटको दुरीमा नै स्थानीयहरुले घर निर्माण गरे पछी सो क्षेत्र गम्भीर दुर्घटनाको खतरामा रहेका छन।

सधै गम्भीर दुर्घटनाको खतरा बोकेर बस्नु परिरहेकोमा निकै दुख ब्यक्त गर्दै एक स्थानीयले सो क्षेत्रमा देखिएको चरम लापरवाहीमा सहभागी नगरपालिकाका प्राविधिक ,नक्शा निर्माण र पास गर्ने ब्यक्ति र गैर कानुनी रुपमा घर निर्माण गर्ने घर धनीहरुलाई कानुन बमोजिम कारवाहीको माग गरेका छन।

काठमाडौं महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमानामा रहेको सो क्षेत्रमा रहेका सयौ घरहरु खतरामा पार्ने गरि निर्माण स्वीकृति प्रदान गर्नु अख्तियार र कानुनको उल्लङ्घन रहेको एक कानुन व्यवसायीले बताएका छन।

स्थानियहरुको ज्यान नै जोखिममा पार्ने सो क्षेत्रमा निर्माण स्वीकृति दिनु गम्भीर अपराध भएको भन्दै उनले सो कार्यमा आर्थिक लेनदेन र मिलेपतो रहेको हुन् सक्ने आशंका व्यक्त गरेका छन

तपाइँको प्रतिक्रिया ।