गजल : गङ्गा कर्माचार्य पौडेल
कपन अनलाइन
काठमाडौं ,मंसिर १३।
बन्दी जीवन भोगीराछु आफ्नै घरभित्र अचेल
भेटघाट छैन साथी भाइ न त इष्टमित्र अचेल
तीन फीट परै बस्नु भन्छन् घरका मान्छेसँग पनि
आँखा ओरीपरि आउँछ कोरोनाकै चित्र अचेल
हाउगुजी बनी मलाई तर्साउँछ घरिघरि
कोरोनाले छोएपछि ठान्छन् अपवित्र अचेल
दिनरात खटिएर खोजीराछन् बैज्ञानिक
संसारबाट कोरनालाई सखाप पार्ने छिद्र अचेल
सफल रहोस् अनुसन्धान पुकार्दछु भगवान
भेटियोस् औषधी भनी यथासिघ्र अचेल ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।