Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/09/vitrual-video-on-facebook.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

फेसबुकद्वारा भर्चुअल रियालिटी भिडियो सुविधा सार्वजनिक

काठमाडौ, १३ फेसबुक कम्पनीले ३६० डिग्री भर्चुअल रियालीटी भिडियो सुविधाको आधिकारिक घोषणा गरेको छ ।

अब ३६० डिग्रीमा बनेका भिडियो फेसबुकमा हेर्न सकिने छ । यसका माध्यमबाट भिडियोलाई जुनसुकै दिशामा हेर्न सकिनेछ । यसका लागि फेसबुकले सुविधामा एउटा न्याभिगेशन बटन राखेको छ, जसको माध्मयबाट भिडियोको एंगललाई परिवर्तन गर्न सकिन्छ ।

vitrual-video-on-facebook

फेसबुकका भिडियो इन्जिनियरिङ निर्देशक मेहर सबाले फेसबुक ब्लगमा लेखेका छन् की फेसबुकमार्फत हाम्रो उदेश्य प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण रहेका मानिस र सामानसँग जोड्न सहज हुनेछ । उनले फेसबुकको न्युज फिडमा थ्री डी कन्टेन्टलाई धेरै रूचाईएको पाइएको बताउँदै यही कारणले आफूहरुले ३६० भर्चुअल रियालिटी भिडियोको सुरूवात गरेको बताएका छन् ।
फेसबुकका अनुसार यो सुविधा सार्वजनिक भएपछि नै केही प्रकाशकले ३६० डिग्रीका भिडियो फेसबुकमा राख्न थालेका छन् । यो सुविधा वेब

ब्राउजर र एण्ड्रोइड एप्लिकेशनमा सबैभन्दा पहिले सुरू गरिँदैछ । आईओएसका लागि यो सुविधआ केही महिनामा सुरू हुनेछ ।

तपाइँको प्रतिक्रिया ।