संविधान निर्माण गर्न नसकेपनि ‘बधाइ’ दिन भने चुकेनन् नेताहरू

संविधान निर्माण गर्न नसकेपनि ‘बधाइ’  दिन  भने चुकेनन् नेताहरू

कपन अनलाइन\माघ ८, २०७१

माघ ८ गते संविधान निर्माण गर्न नसके पनि नेपाली क्रिकेट टिमलाई बधाइ दिन भने नेताहरू चुकेका छैनन् । नामिबियासँगको खेलमा जित निकाल्नासाथ नेपाली राजनीतिज्ञहरूले विभिन्न सामाजिक सञ्चालका माध्यमबाट खेलाडी तथा समग्र क्रिकेट टिमलाई बधाइ दिएका छन् ।’

बुधबार नामिबियासँगको खेलमा सानदार जित निकालेपछि नेपाल अब डिभिजन २ मा रहने पक्का भएको छ । शुक्रबारको खेलमा केन्यालाई हराएमा नेपाल डिभिजन—१ मा उक्लने पक्कापक्की छ । नेपाली क्रिकेट टिमका कप्तान पारसले नेपाली टिमलाई ६४ रनको योगदान दिएसँगै नेताहरूले पारस खड्कालाई बधाइ दिएका थिए । यसरी सामाजिक सञ्जालमार्फत् बधाई दिनेमा एमाओवादी नेता डा. बाबुराम भट्टराई, काँग्रेस नेता गगन थापा, अर्थमन्त्री रामशरण महतलगायत नेताहरू रहेका छन् ।

 

संविधान निर्माणको विषयवस्तुमा सहमति नभए पनि नेपालको जितलाई आत्मसात गर्दै बधाइ दिन भने काममा सबैले एउटै विचारहरू व्यक्त गरेका छैन् । ‘पारसको सफलता’, ‘नेपाल अब डिभिजन वानमा’ जस्ता ट्वीटमार्फत् नेपाली टिमलाई बधाइ व्यक्त गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।