सिकेसँग सुटुक्क

सिकेसँग सुटुक्क

कपन अनलाइन, २७ असार, २०७३

समाज रूपान्तरण गर्न भन्दै कलाकर्ममा होमिएका हाम्रा नायक÷नायिका आम्दानीको स्रोत सुक्दै गए कस्ता–कस्ता धन्दा गर्छन् भन्ने यो एउटा उदाहरण मात्र हो । जापानमा बसोवास गरिररहेका अनोज शाक्य र नायिका गौरी मल्लबीचको विवाद चरमचुलीमा छ ।
केही समयअघि जापानमा बोलाएर आफूलाई यौन हिंसा गरेको गौरीको आरोपको खण्डन गर्दै सामाजिक सञ्जाल फेसबुकमा अनोजले लेखेका छन्, ‘मैले २ पटक हगबाहेक केही गरेको छैन ।’ उनले उल्टै गौरीलाई आरोप लगाएका छन्, उल्टै उसले मेरो क्यामेरा चोरेर लगी ।’ गौरी र अनोजबीच यो आरोप÷प्रत्यारोप चलिरहेको छ । यता, कहिले मेगा बैंकको पैसामा सगरमाथा चढ्न तम्सने, कहिले क्रिकेटर शरद भेषवाकरसँगको प्रेममा रहेको हल्ला चलाउने नायिका निशा अधिकारी प्रेममा धोखा खाएसँगै अमेरिकाबाट फर्किएर सिके राउतसँग भेटी विवादमा आएकी छन् ।

सिकेलाई भेटेसँगै आलोचनाको पात्र बनेकी निशा ध्यानको नाममा पोखरातिर हान्निएकी छन् । वर्ष २२, अंक १८, २०७३ साल असार २२ गते बुधबाको  जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।

तपाइँको प्रतिक्रिया ।