कपनको डुवान समस्यामा पुन्य गौतमको इन्ट्री

कपन अनलाइन

काठमाडौं ,मंसिर ९।

कपनको ढल समस्यामा पुन्य गौतमको इन्ट्री भएको छ। कपन क्षेत्रको ढल समस्या र अन्य विकास निर्माणको अवस्था नाजुक भएको भन्दै स्थानीयहरुले निमन्त्रणा गरेको भन्दै वडा नं १२ को दुर्गा मन्दिर पुगेका गौतमले स्थानीयहरुको गुनासो सुनेपछि नगर प्रमुख संग टेलीफोनमा कुरा गरेका थिए।

लामो समय देखि डुवान समस्याको पिडित बनेका व्यवसायी तथा स्थानीयहरुले आफ्ना समस्या राखेका थिए।संचारकर्मी र युट्युबरहरुको समुह  बोकेर कपन क्षेत्रमा आएका उनले कपन क्षेत्रको प्रसंशा गर्दै यस क्षेत्रका प्रतिनिधि सभा सदस्य गगन कुमार थापा संग सम्पर्क प्रयास गरेका थिए।सांसद थापा संग सम्पर्क हुन् नसके पछी नगर प्रमुख संग कुरा गरेका उनले विकास निर्माणका योजनाहरुका वारेमा जिज्ञासा राखेका थिए।

प्रमुख खरेललाई विकास प्रेमी व्यक्तित्वका रुपमा प्रसंशा गर्दै गौतमले कपनको डुवान र ढल समस्याका वारेमा राखेको प्रश्नको जवाफमा उनले सरकारी संयन्त्र र कार्य शैलीका कारण सके जति र सोचे जति काम गर्न नसक्नु स्वाभाविक रहेको बताएका थिए।

मानिसहरु सचेत रहुन्जेल गुनासो रहिरहने बताउदै नगर प्रमुख खरेलले नगरपालिकामा पूर्वाधार र संरचना निर्माणका साथै अन्य विभिन्न कामहरु भएको जानकारी दिदै करिव ४ अर्व भन्दा बढी लागतमा विभिन्न सडक निर्माणाधीन रहेको बताएका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।