Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/IMG_0289-1536x1024-1-e1606181383591.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/IMG_0296-1536x1024-1-e1606181432524.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

उग्रतारा माध्यमिक बिद्यालय शंखरापुर ८को नया भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं,मंगसिर ९। शंखरापुर नगरपालिका वडा नं. ८  घुमारचोक स्थित  श्री उग्रतारा माध्यमिक बिद्यालयको  नयाँ बन्ने भबनको शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठले  शिलान्यास गरेका छन।नगरपालिकाको समन्वयमा डि. यल. पि आइको सहयोगमा करिब ४ करोड ५० लाखको लागतमा  साढे ३ तल्लाको १२ कोठाको आधुनिक भबन बन्न लागेको हो।

 उक्त बिद्यालय भबन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष वीर बहादुर तामाङले जानकारी गराए ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शंखरापुर नगरपालिका प्रमुख  सुबर्ण श्रेष्ठले बिद्यालयको उन्नती तथा प्रगतिको काममा आफू धेरै अघि देखि लागेको बताउदै उक्त बिध्यालयमा आफुलाई   हेम सरिता पाठक फाउन्डेसन मार्फत २०७२ साल देखी जोडीदिएको बताए । बिद्यालयको भौतिक पुर्बाधारको अभाबमा बिध्यार्थीलाई गुणस्तरिय शिक्षा दिन कठिन भएको बताउदै नयाँ भबनको निर्माण पछि त्यो समस्या हट्ने  बिश्वास ब्यक्त गरेका थिए ।

 गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुले मिहिनेत गर्नु पर्ने  आवश्यकता औल्याउदै  आधुनिक प्रबिधिको प्रयोगमा जोड दिनुपर्ने प्रमुख श्रेष्ठको भनाइ रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दैशंखरापुर नगरपालिकाकि उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले भौतिक पुर्बाधारको बिकास संगै गुणस्तरीय शिक्षामा जोड दिन सके मात्र सफल हुने बताइन । नगरपालिकाले शिक्षकहरुको दरबन्दी मिलान काम गरि रहेकोले आबस्यक दरबन्दीको ब्यबस्था हुने बताइन ।

डि. यल. पि आइका प्रतिनिधि अर्जुन रायमाझीले निजि बिद्यालयमा पढाउने मानसिकतामा परिबर्तन ल्याउन पनि गुणस्तरीय शिक्षा प्रदान गर्नुको बिकल्प नरहेको बताए । बिद्यालयका शिक्षकहरुले समेत आफ्ना छोराछोरीलाई निजि बिद्यालयमा पढाउने परिपाटी बढेको भन्दै आफुलाइ आफू संग बिश्वास नभए शिक्षण पेसा छाडेर अन्य पेशा रोज्न सल्लाह दिएका थिए ।कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रबक्ता एबम वडा नं.८ का वडा अध्यक्ष हितमान तामाङले भौतिक पुर्बाधारको अभावमा पढ्न अप्ठ्यारोमा परेका बिध्यार्थीलाई अब सजिलो हुने बताउदै अभिभावकलाई समेत बिद्यालय संग जोद्न सके मात्र बिद्यालयको प्रगती हुने बताए ।

गाउँकै पुरानो बिद्यालय जोगाइ राख्न समेत एक घर एक बिध्यार्थी भर्ना गर्नु पर्ने बताए। शिक्षक दरबन्दी लागायत आर्थिक स्रोतको समस्या झेलीरहेको बताउदै यसको समाधानको लागि नगरपालिकाले पहल गर्न बिद्यालयका प्रधानाध्यापक डम्बर घ्लानले अनुरोध गर्नु भयो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शिक्षक वीर बहादुर च्याम्बाले संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।