आगलागी पिडितलाई बुढानिलकण्ठ नगरपालिकाको सहयोग

कपन अनलाइन

काठमाडौं ,मंसिर ९।

बुढानिलकण्ठ नगरपालिकाले आगलागी पिडितलाई सहयोग गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ वासीकका गौराज श्रेष्ठको जग्गा भाडामा लिएर बस्दै आएका पानसरा बुढाको टहरा आगलागीमा परेर नस्ट भए भएको थियो।उक्त आगलागीमा परेर ५० हजार नगद ,लता कपडा ,गर गहना जलेर नस्ट भए पनि कुनै मानवीय क्षेती भने भएको थिएन।

१० जनाको परिवार सहित सो स्थानमा बस्दै आएका बुढालाई नगरपालिकाले आर्थिक सहयोग सहित १ थान त्रिपाल ,४ थान ब्ल्यांकेट ,२ थान म्याट्रेस लगायका सामाग्री वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठले हस्तान्तरण गरेका थिए।

आगलागीको घटना भए लगत्तै  नगरपालिका र समाजसेवीहरुको सहयोगमा उपलव्ध रकम र तत्काल व्यवस्थापनका लागि सहयोग गरेको नगरपालिकाका कर्मचारी बिनोद पाठकले जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।