तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको १० करोड
कपन अनलाइन
काठमाडौं ,कार्तिक २८।
तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंले १० करोड सहयोगका लागि सम्झौता भएको छ। कुल लागत रकम रु १७ करोड १ लाख ५० हजार ४८४ रुपैया ८५ पैसाको लागतमा निर्माण हुने सो भवनका लागि जिसस काठमाडौंले १० करोड उपलव्ध गराउने सम्झौता गरिएको हो।
जिसस काठमाडौंको कार्यालयमा जिसस काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यज्यु र तारकेश्वर नगरपालिका नगरप्रमुख रामेश्वर वाेहरा को उपस्थितिमा सम्झौता भएको हो।
सो अवसरमा जिसस काठमाडौं उपप्रमुख सरिता दाहाल र तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (भानु ) को पनि उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।