नेता चित्र बहादुर केसीको उपचार राज्यले गर्नुपर्ने बुढानिलकण्ठ नगर प्रवक्ताको माग

नेता चित्र बहादुर केसीको उपचार राज्यले गर्नुपर्ने बुढानिलकण्ठ नगर प्रवक्ताको माग

कपन अनलाइन

काठमाडौं ,कार्तिक २७।

बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले रास्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको उपचार राज्यले गर्नुपर्ने माग गरेका छन।

रास्ट्रिय जनमोर्चा नेपालको केन्द्रिय कार्यालय रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष रहेका भट्टराईले केसीको उपचारका लागि अपिल गरेको सुचना सार्वजनिक भए पछी सो माग गरेका हुन।

दशकौ सम्म नेपालमा परिवर्तनका लागि लडेका योद्दाको उपचारका सहयोग उठाउनु पर्ने अवस्था आउनु   नेपालको राजनीतिक आन्दोलन र व्यवस्था प्रति उनले पुर्याएको योगदानको अपहेलना र तिरस्कार हुने भन्दै प्रवक्ता भट्टराईले उनको उपचार राज्यको निगरानि, सकृयता र खर्चमा गर्न माग गरेका छन।

रास्ट्रिय जनमोर्चा नेपालका कार्यकारी अध्यक्ष  रश्मिराज गिरीले जारी गरेको प्रेस बिज्ञप्तिमा  केहि दिन देखि अध्यक्ष केसी कोरोना संक्रमण र  निमोनिया बाट पिडित भएकोले उनको उपचारका लागि सहयोग गरिएको छ।

काठमाडौंको मेडासिटी  अस्पतालमा लामो समय उपचार गराउनु पर्ने भएकोले पार्टीका कार्यकर्ता , सुभेच्छुक, शुभचिन्तकहरु संग अपिल गरिएको सो बिज्ञप्तिमा बैंक खाता राष्ट्रिय जनमोर्चाको वचत खाता नं. १४२०००४१७३०१ मा सहयोग गर्न सकिने उल्लेख गरिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।