राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीलाइ कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं, कार्तिक २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । राष्ट्रिय जनमाेर्चाका नेता आन्नद शर्माले उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अध्यक्ष केसीको अवस्था सामान्य रहेको जानकारी दिए ।
केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो । मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष केसीले आफ्नो अवस्था अहिले सुधार हुँदै गएको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।