गोकर्णेश्वरको ऐतिहासिक देशे गाउँमा खुल्ला नेवा: संग्राहालय बन्ने

गोकर्णेश्वरको ऐतिहासिक देशे गाउँमा खुल्ला नेवा: संग्राहालय बन्ने

कपन अनलाइन

काठमाडौँ,कार्तिक २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला  संग्राहलय निर्माण हुने भएको छ ।   बागमती प्रदेशको भौतिक तथा पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले शनिबार  एक कार्यक्रमका बीच उक्त संग्राहलयको  शिलान्यास गरेका हुन।

सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राई, , गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे, उप प्रमुख  शान्ति नेपाल,  वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ ,   वडा सदस्य जयराम महत, वडा सदस्य उमा थापा वडा सदस्य बिष्णु सुनाम सहित स्थानीयको उपस्थिति रहेको थियो।  वडा सदस्य बालकृष्ण श्रेष्ठले संचालन गरेको सो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए ।

वर्क इन टाइम कन्स्ट्रक्सनले  (मु, अ कर सहित)  ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन  लागेको  सो संग्राहलय चैत्र महिना सम्म सकिने निर्माण पक्षले जनाएको छ   ।

 निर्माण अनुगमन समितिका सदस्य राजकुमार श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले ऐतिहासिक रुपमा  रहेको साबिक  गोकर्णेश्वर गाउ बिकास समिति आज सौभाग्यले नगरपालिकाको नामाकरणमा यसको नाम अगाडी आएको बताए। नयाँ नयाँ प्रविधिको विकास सँगै लोप हुदै  जानथालेका पुराना  संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि  नेवा संग्राहलयले सहयोग गर्ने बिस्वास ब्यक्त गरे  उनले तीन वटै सरकार संग समन्वय भएको हुँदा आर्थिक स्रोतको अभाब नहुने बताए उनले चुनाबमा उठ्दा आफुहरु कुनै पार्टीको प्रतिनिधि भए पनि चुनाब जितेर आएपछि पार्टीको नभई सबैको साझा भएको हुँदा पक्षपात नगरी  सांझा ढंगले काम गर्नुपर्ने दायित्व रहेको बताए ।

चुनाबको बेलामा घोषणापत्र  मार्फत  जनता संग गरेका प्रतिबद्दताहरु कति पुरा भए कति पुरा भएनन भनेर खबरदारी गर्न पनि अनुरोध गरेका थिए । चुनाबमा गरेका बाचा बन्धन भुल्लान भनेर पार्टीले पनि सम्झाईरहने बताए स्थानीय पार्टीका साथीभाईहरु संग पनि जोडिएर दिगो दुरगामी योजनाहरु बनाउन अनुरोध गरेका थिए । नेपालमा धेरै कुरा शिलान्यास हुन्छ उद्घाटन हुदैन पैसा त्यही डुबिरहेको हुँदा जनप्रतिनिधिहरुले केहि पनि नगरेको जस्तो हुने भन्दै शिलान्यास भएपछि त्यसको उद्घाटन हुनुपर्ने बताए।

अहिले तीनतहकै सरकारको समन्वयमा काम  भए पनि त्यसलाई पुरा गरि  अझ अगाडी बढाउन प्रदेश सरकार बाट थप बजेटको व्यवस्था गर्ने काममा  भौतिक योजना तथा पूर्वाधार मन्त्रि रामेश्वर फुयाल लाग्ने बिश्वास ब्यक्त गरे । उनले संग्राहलय निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने  हुँदा सोहि अनुसार त्यहाको आर्थिक गतिबिधिमा  समेत वृद्धि भई रोजगारीको सृजना समेत हुने बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य  राख्दै  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले  लिच्छवी, किरातकालको  त्यो भन्दा आदि कालको अध्ययन गर्दा सम्झना हुने ठाउको नाम उल्लेख गर्दा गोकर्ण भएको बताए।  उनले गोकर्णेश्वरको हरेक बेला स्मृति हुने भन्दै त्यो इतिहासको बारेमा नया पुस्ताले सिक्नु पर्ने बताए सो बिषय जोड्दै जोड्दै अगाडी जानु पर्ने बताए ।

 भेषभूषा, रीतिरिवाज, खानपान, कला, संस्कृति कागजमा सीमित भइरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा  लाग्नु पर्ने बताउदै  परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि बिभिन्न कार्यक्रम जस्तै  मेला महोत्सबमार्फत संरक्षणको प्रयास गर्दै आएको बताए ।

उनले २०४६ सालको क्रान्ति पछाडी देशेमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जिते पछि सम्पूर्ण ऐतिहासिकता थप्ने गरि कामको थालनी भएको स्मरण गरेका थिए ।त्यसको नेतृत्व गोबिन्द बहादुर श्रेष्ठले गरेको बताउदै  त्यति खेर गाउ बिकास समितिले  गरेका काम मध्ये देशे आउन बनाएको पुलको उदाहरण दिदै अहिले पनि सो पुल फेरीहाल्न नपर्ने तर कलात्मकता थप्न पर्ने बताए  ।

उनले २०४६ सालको क्रान्ति पछि नेपाल कम्युनिष्ट पार्टीले सम्पदा क्षेत्र जोगाउनको लागि जे अभियान अगाडी बढायो त्यो आजको उपलब्धि भएको बताए । उनले देशेमा भएको ऐतिहासिक धर्म सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकासका लागि  जीवन्त इतिहास रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गर्नका हेतु खुल्ला संग्राहलय निर्माण गर्न लागिएको जानकारी गराए।

पछिल्लो समय बागमती  सरकारले कला, संस्कृतिदेखि मौलिक बाजा संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउदै  राम्रा राम्रा दिगो दुरगामी योजना  ल्याएमा बजेटको  अभाब हुन नदिने उनले बताए। उनले चाडै नै जोरपाटी सुन्दरीजल सडक बन्ने बताउदै आउने बर्खामासो बाटोमा  कसैले हिलो देख्न नपाउने पनि बताए । उपत्यकाका ६ ठाउ बाट बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका काठ चक्रपथको सुरुवात गरिरहेको भन्दै  जगडोलमा ढलान चम्किरहेको बताए । उनले उपत्यका मात्र नभई बागमती प्रदेशलाइ हरियाली प्रवर्धन गर्दै  हरित प्रदेशको रुपमा अगाडी बढाइने  भन्दै  सडक यातायात, स्वास्थ्य, खानेपानी  र रोजगारमुखी  शिक्षा प्रणालीलाइ सुधार गरि अगाडी बढाउने उद्घोष गरेतिनै तहका  सरकारको सहभागिता र सहकार्यमा विकास निर्माणको कामले गतिलिने भन्दै सो काममा स्थानीयको सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष  चालिसेले  तिनै तहको सरकारको उपस्थितिमा शिलान्यास गर्न पाउदा खुसि लागेको बताए। तिनै तहका सरकार मिलेर विकास गरौ भन्ने  नेपालको अवधारणा  रहेको बताउदै  आ आफ्नो तह बाट क्षमता अनुसार कामहरु अगाडी बढाइरहेको बताए।  उनले गोकर्णेश्वर नगरपालिका तथा क्षेत्र भरिको सबै भन्दा महत्व बोकेको धर्म संस्कृति परम्परा र पहिचान बोकेको देशे गाउमा सबैको ध्यानाकर्षण भएको बताए ।उनले आफु निर्वाचित भएको वर्ष नै  सम्पदा संरक्षण गरि मौलिकता झल्काउन सम्पूर्ण घरहरु एकै किसिम  लिच्छवीकालिन सभ्यता अनुसार निर्माण होस भनेर  एक करोड रुपैया   बिनियोजन गरेको बताए ।

उनले त्यसको लागी सबै घर भत्काउन सम्भब नभए पनि प्रत्येक घरको, झ्याल ढोका ,लगायत  बाहिर पट्टि देखिने भागको  मुहार एकै किसिमको हुनु पर्छ भनेर  बजेट बिनियोजन गरे पनि आज सम्म त्यसलाई अगाडी बढाउन नसकिएको बताए।  उनले सो काम पुरातत्व बिभागले डिजाइन गरेर दिनु पर्ने  हुँदा त्यो काम अधुरो नै रहेको बताउदै चाडै त्यसमा  काम गरिने पनि बताए । उनले अब सो काम ५० /५० साझेदारीमा  गर्ने भनिए पनि केहि समय अघि स्थानीय संग छलफल हुँदा    ८० /२० प्रतिशत साझेदारीमा सो काम गर्ने सहमति भएको पनि बताए ।  जस अनुसार  २० प्रतिशत सम्बन्धित घर धनीले हाल्नु पर्ने र ८० प्रतिशत नगरपालिका बाट सहयोग रहने जानकारी गराए  ।

उनले  देशे गाउमा आफ्नै  धार्मिक  एबमसाँस्कृतिक महत्व बोकेको  जात्राहरु धेरै हुने हुँदा सो जात्रा संचालन गर्न आर्थिक कठिनाइ हुदै आएको  र सो जात्रा संरक्षण  गरि लोप हुन् नदिनको लागि नगरपालिकाले जात्रा संचालनको लागि  २५ लाखको अक्षय कोषको स्थापना गरिएको जानकारी गराए । त्यसै गरि लोप हुने अवस्थामा पुगेको मौलिक बाजा संरक्षणको प्रशिक्षणको  लागि समेत ४ लाख रुपैया बिनियोजन गरेको जानकारी गराए। लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमायुवा पुस्ता अगाडी आउनु पर्ने भन्दै

नयाँ पुस्तालाई पुरानो कला संस्कृतिप्रति जिम्मेवार बनाउँदै त्यसको संरक्षणमा गम्भिरतापूर्वक लाग्न  अभिप्रेरित गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याएको जानकारी गराए।  उनले नया पुस्तालाई पुरानो पुस्ताले सिकाउनुपर्ने भन्दै युवामा पुराना संस्कृति संरक्षण गर्नुपर्छ, भन्ने भावनालाई स्थानीय सरकारले सहयोग  गर्ने बताए ।  उनले उक्त स्थानमा बन्ने अन्य भौतिक पूर्वाधार लगायतका विकास निर्माणका कार्यमा तीनै तहका सरकार सहभागिता र सहकार्य हुने पनि बताए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपालले देशे गाउको ऐतिहासीक, धार्मिक ,संस्कृतिक  कला संस्कृतिको जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय  निर्माण गर्न लागिएको जानकारी गराइन । उनले देशे गाउको ऐतिहासिकता मौलिक परम्परा कला सस्कृतिको  संरक्षण गरि भाबि पुस्तालाई त्यसको बारेमा जानकारी दिने उदेश्यले पनि  पनि खुल्ला संग्राहलयको परिकल्पना गरिएको बताइन।

 उनले पहिलो पटक गोकर्णेश्वर मन्दिरको प्राङ्गणमा गोकर्णेश्वर महोत्सब हुदा खेरि खुल्ला संग्राहलय बनाउनु पर्छ भनेर  उद्घोष गरेको स्मरण गर्दै आज बागमती प्रदेश बाट खुल्ला संग्राहलयको लागि बजेट बिनियोजन भएकोमा खुसि ब्यक्त गरिन  ।आफुहरु नगरपालिकामा आइसके पछि  गोकर्णेश्वर नगरपालिका मार्फत धेरैबजेट बिनियोजन भई  कार्यहरु समेत भईरहेको जानकारी गराइन।

उनले सो ठाउमा मनाइने बिभिन्न परापुर्वकाल देखि मनाइदै आएको जात्रा, जात्रामा प्रयोग हुने बाजा तथा सास्कृतिक पर्वहरुको जगेर्ना गर्न समेत कामहरु गरिरहेको जनाकारी गराइन । धर्म कला संस्कृति जगेर्ना गर्न अक्षय कोष समेत स्थापनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिदै बिनियोजन भएको रकम दुरुपयोग नहुनेगरि काम गर्नुपर्नेमा समेत जोड दिईन ।   आधुनिक विकासको नाममा विदेशी निर्माण पद्धति हावी भएपछि मुलुकका प्राचिन कालीन बस्तुहरु लोप उन्मुख अबस्थामा पुगेको  बताउदै सो स्थानमा निर्माण हुने घरहरु प्राचिन  शैलीमा कलात्मक ढंगले बनाउन समेत अनुरोध गर्दै त्यसमा नगरपालिकाले सहयोग गर्ने पनि बताइन ।

कार्यक्रममा काठमाडौं प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।