गोकर्णेको लायन्स आइसोलेसन केन्द्र बाट स्वास्थ्यलाभ गरि फर्कनेको शंख्या २२ पुग्यो

गोकर्णेको लायन्स आइसोलेसन केन्द्र बाट स्वास्थ्यलाभ गरि फर्कनेको शंख्या २२ पुग्यो

कपन अनलाइन

काठमाडौं, कार्तिक २०। गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले संचालन गरेको आइसोलेसन केन्द्रबाट स्वास्थ्य लाभ गरि फर्कनेको शंख्या २२ पुगेको छ।

करिब १४ दिनको आइसोलेसन बसाई र पिसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आए संगै  आइसोलेसन बसाइ अवधि पुरा गरि बुधबार थप २ जना  घर फर्केका हुन् ।यो संगै आइसोलेसन केन्द्र बाट स्वास्थ्य लाभ गरि घर फर्कनेको शंख्या २२ पुगेको हो फर्कनेहरुलाई  आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ  चिफ लायन रमेश लामा ,लायन उमेश ढुंगाना , लायन श्रीचन केसी लगायत लायन्स लिडर तथा सदस्यहरुले बिदाइ गरेका थिए ।

अहिले सो आइसोलेसन केन्द्रमा ७ जना कोरोना संक्रमित ब्यक्तिहरु बसिरहेका छन ।आइसोलेसन अवधि पुरा गरेर घर फर्कनेहरुले उक्त आइसोलेसन केन्द्रको व्यवस्थापन राम्रो भएको प्रतिक्रिया दिदै लायन्स क्लबले गरेको सो कार्यको उच्च प्रसंशा सहित  धन्यबाद दिएका छन । साथै उनीहरुले प्लाज्मा दान गर्ने पनि प्रतिबद्दता जनाएका छन।

 काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो।उक्त आइसोलेसन केन्द्र अति आवश्यक कोठा बहालमा बस्नेहरुलाई केन्द्रित गरिएको छ ।काठमाडौंमा कोठा  बहालमा बस्ने आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितहरुलाई निशुल्क उक्त आइसोलेसनमा भर्ना गरिदै आएको छ।

काठमाडौंमा कैयौँ परिवारको आर्थिक अवस्था कमजोर छ, जो बहालमा बस्छन,यदि संक्रमण भइहालेमा पनि सक्रमितलाई समाजले भेदभावको दृष्टिकोणले हेर्छ भन्ने डरका कारण लुकाउने गरेको पाइन्छ । फलस्वरुप ती परिवारका साथै आफन्त र समुदायसम्म कोरोना फैलने जोखिम बढने हुँदा संक्रमणको जोखिम कम गर्नको लागि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले काठमाडौंमा आइसोलेसन संचालनमा ल्याएको हो ।

 

सो आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुको लागि निशुल्क चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ ।त्यो संगै प्रत्येक दिन संक्रमितहरुलाई योगा तथा मनोरञ्जन समेत गराउदै आएको छ। आइसोलेसन केन्द्रको व्यवस्थापनको लागि दैनिक रुपमा लायन्स सदस्यहरुले सामुहिक रुपमा आलोपालो गरेर खटिरहेका छन ।

आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ  चिफ लायन रमेश लामाका अनुसार आइसोलेसन केन्द्रमा भर्ना हुन आवस्यक शर्तहरु  निम्न रहेको  जानकारी गराए ।

१) काठमाडौं भ्यालीमा आफ्नै स्थायी घर नभइ सीमित कोठामा भाडामा बसिरहेको हुनु पर्ने

२) आफैले पैसा तिरेर होटेल वा अन्य स्थानमा पेड आइसोलेसनमा बस्न नसक्ने ब्यक्ति हुनु पर्ने

३) संक्रमित ब्यक्तिहरुमा कुनै प्रकारको लक्षण हरु हुन नहुने ( ज्वरो नभएको, अत्यधिक खोकी नलागेको, स्वास फेर्न समस्या नभएको र अन्य जटिल अवस्था नभएको )

४) संक्रमित सिफारिस कर्ता र संरक्षक अभिभावक स्वयं संक्रमितको परिचय पत्रको फोटोकपि, PCR रिपोर्टको फोटोकपि र तीन प्रति पासपोर्ट साइजको फोटो सहित उपस्थित हुनु पर्ने

५) भर्ना समय दिउसो ३:०० बजे देखि बेलुकी ५:०० सम्म भित्र आइसक्नु पर्ने । जानकारी गराए। साथै संक्रमित भर्ना सम्बन्धमा सम्पर्क ब्यक्ति :लायन उमेश ढुंगानालाइ ९८४१४९११०४ सम्पर्क  गर्न सकिने जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।