मोहन अभिलाषीको निर्देशनमा तिम्रो दिलमा सार्वजनिक (भिडियोसहित)

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५ ।

फरक कथावस्तुमा निर्माण भएको तिम्रो दिलमा फुल्नु भन्दा गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार बिजय कट्टेल ‘छहरा’ को शब्द रहेको गीतमा पछिल्लो समयका व्यस्त र चर्चामा रहेका संगीतकार टंक बुढाथोकीले संगीत दिएका छन् । गीतको भिडियोको परिकल्पना तथा निर्देशन सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीले गरेका हुन् ।

दृश्यमा पछिल्लो समयमा भईरहेका घटनाहरूको प्रतिनिधित्वको रुपमा श्रीमान श्रीमतीबिचको कमजोर सम्बन्धलाई उतारिएको छ । कथा श्रीमान श्रीमतीको विवाहोत्सवको दृश्यबाट सुरु हुन्छ ।

बेलुकीको समय विवाह उत्सव मनाउने तयारीमा आमा छोरी श्रीमानको पर्खाईमा हुन्छन् । जब श्रीमानको प्रवेश हुन्छ, छोरीले दिएको कागजमा लेखेर दिएको शुभकामना फालिदिएपछि पर्खाईमा रहेको खुसीको माहोल भताभुङ्ग भईदिन्छ । श्रीमान फोन आएर बाहिरिएपछि विवाहोत्सवको दिन श्रीमती र छोरी केक नकाटी सुत्छन् ।

श्रीमानको अर्कै केटीसँग सम्बन्ध भएको थाहा पाएपछि श्रीमती आत्महत्या गर्नसमेत खोज्छिन् । अन्त्यमा श्रीमानसँग भएको सम्बन्धलाई तोडेर छोरीलाई लिएर घर छोडेर हिँडेको दृश्यले भावुक बनाईदिन्छ । नवप्रतिभाकी रुपमा उदाउँदै गरेकी प्रतिभा कट्टेलको स्वर रहेको गीतको भिडियोमा उनैले अभिनय समेत गरेकी छिन् । भिडियोमा प्रतिभाको अलवा मोहन श्रेष्ठ, समृद्धि सिलवाल, संगिता श्रेष्ठ, प्रेम श्रेष्ठ, अश्मिना घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो :

तपाइँको प्रतिक्रिया ।