कपनमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा

कपन अनलाइन३० कार्तिक, २०७१

एक  लाखभन्दा बढी जनसंख्या भएको कपन गा.वि.स.मा ‘कपन अस्पताल’ नाम राखेर अस्पताल सञ्चालनमा आएको छ । पछिल्लो समयमा बढेको ठूलो जनघनत्वलाई लक्षित गरी अस्पताल सञ्चालनमा आएको हो । कपनमा सरकारी स्तरको एक स्वास्थ्य चौकीबाहेक आधिकारिक स्वास्थ्य केन्द्र छैन । कपन स्वास्थ्य चौकी त छ तर साधारण औषधी वितरण एवम् खोपका कामबाहेक  अन्य काम हुन सकेको छैन । यस अबस्थामा कपनका मानिसलाई उपचार गर्न रिङ्गरोड नजिकैको अस्पताल धाउनु पर्ने बाध्यता अब भने हटेको छ ।

 10751737_796928160346245_1339138409_n 10805436_796925823679812_2032571326_n 10807980_796925930346468_694053329_n 10814256_796926457013082_1476666213_n 10816056_796926400346421_856734275_n 10816204_796926330346428_1034422542_n

कपन अस्पताल ५० शैय्याको २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालन गरिएको छ । यसै वर्षको श्रावण ३ गतेदेखि सञ्चालनमा आएको अस्पतालले सम्भवतः यसै हप्ताबाट २४ सै घण्टा एम्बुलेन्स सेवा पनि सुचारु गर्ने जानकारी प्राप्त भएको छ ।

न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्नु नै अस्पतालको मुख्य उद्देश्य रहेको यस अस्पतालका मेडिकल डाइरेक्टर नरेश भण्डारीले कपन अनलाइनलाई बताए । यस अस्पतालले विशेषतः ७० वर्षभन्दा माथिका बिरामीलाई २० प्रतिशत छुट दिने पनि बताए भण्डारीले । सरकारी रेटमा प्राइभेट अस्पतालले सेवा प्रदान गर्ने पहिलो अस्पतालको नमुना कपन अस्पताल हुने पनि उनले बताए ।

के छ कपन अस्पतालको सुविधा ???

यस अस्पतालमा अत्याधुनिक अस्पतालमा हुनुपर्ने सबै सुविधा रहेको बताइएको छ । २४ सै घण्टा इमरजेन्सी सेवा, आफ्नै सुविधा सम्पन्न ल्याब, एक्सरे सुविधा, यु.एस.जी., ओ.पि.डी क्लिनिक, स्त्रीरोग, चर्म रोग, अर्थो, जनरल फिजिसीयन लगायत सुविधा रहेको अस्पतालले आफ्नै अप्रेशन थेयटर पनि चाँडै सञ्चालनमा ल्याउने बताएको छ ।

 

को हुन् यस अस्पतालको सञ्चालक र कर्मचारी

यस अस्पतालको सञ्चालक समितिको बोर्डमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमै काम गर्दैै आइरहेका राजेशराज कर्णिकार र कपन निवासी सनत रिसाल रहेका छन् । सामाजिक दायित्वबोध गर्दै कपन निवासीप्रति उत्तरदायी रहदै कपनमै बसोबास गर्ने व्यक्तिहरूलाई रोजगारी पनि दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।