‘झुप्रो घरको दशैं’ लिएर आए चर्चित लोक गायक सुर्यमणि आचार्य

 ‘झुप्रो घरको दशैं’ लिएर आए चर्चित लोक गायक सुर्यमणि आचार्य

कपन अनलाइन

काठमाडौं ,असोज २८।  चर्चित लोक गायक सुर्यमणी आचार्यले  ‘झुप्रो घरको दशैं’ लिएर दर्शक /स्रोता माझ  आएका छन् । गायक आचार्यको लय तथा स्वर रहेको सो गीतमा नवगायीका सुन्तली खड्काले साथ दिएकी छिन।  नागवेली मीडियाबाट युट्युवमा  सार्वजनिक  रिएको गीतमा गरीब तथा दुखीहरुले खुसीसाथ दशैं मनाउन नसकेको पीडाको चित्रण गरिएको छ ।

 यादव श्रेष्ठको शब्द रहेको सो गीतमा  संगीत संयोजन विष्णु तामाङले गरेका छन नागबेली मिडिया हाउसको निर्माणमा गीतको म्युजिक भिडियो  समेत तयार गरिएको  हो । लक्ष्मण लम्सालले निर्देशन गरेको भिडियोलाई दुर्गा वान्तावा राई र किरण रस्काले छायांकन गरेका हुन्, जसमा लक्ष्मी केसी र देव श्रेष्ठको मुख्य अभिनय देख्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।