सबैको हौसलाले मनोबल बढेको छ,चाडै कोरोना जितेर जनसेवामा सक्रिय हुन्छु : नबिन केसी
कपन अनलाइन
काठमाडौं, असोज २८ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले आफू छिटै कोभिड-१९ कोरोना संक्रमण मुक्त हुने विश्वास व्यक्त गरेका छन । अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहदै वडा कार्यालय बाट सेवा प्रदान गर्दै आएकी अध्यक्ष केसी कोरोना संक्रमण देखिए संगै अहिले उनि होम आइसोलेसनमा बसेका छन । कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै केसीले कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन।
कपन अनलाइन संग कुरा गर्दै “अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन”, उनले भए । निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न, बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन ।
उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगर तथा वडा बासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गर्दै कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै अध्यक्ष केसीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छिन।
उनले बिभिन्न माध्यम बाट स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद दिदै जनप्रतिनिधि आफ्नो दायित्व बाट पन्छिन नमिल्ने हुँदा सामाजिक दुरी कायम गरि सतर्कताका साथै काम गरिरहेको अवस्थामा आफुलाई संक्रमण भएको हुन सक्ने बताए ।
यो रोग जो कोहीलाई पनि लाग्न सक्ने हुँदा संक्रमितको मनोबल बढाउन अनुरोध गरेका छन । वडाबासि लगायत शुभचिन्तकहरुले गरेको सदभाब सुभेच्छा तथा स्वास्थ्यलाभको कामनाले गर्दा कोरोना जित्ने आत्मबल उच्च भएको भन्दै सबैलाई धन्यबाद दिदै सुरक्षित रहन अनुरोध गरेका छन ।