काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा राखेप पदाधिकारीलाई बधाई तथा शुभकामना
कपन अनलाइन
काठमाडौं ,असोज २४।
काठमाडौं जिल्ला खेलकुद विकास समितिले बिजया दशमी, शुभ दीपावली, नेपाल संवत, छट पर्व लगायतका चार्डपर्वहरुकाे पूर्व सन्ध्यामा राखेपका नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरेको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष अरुण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राखेपका उपाध्यक्ष शिव काेईराला, सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्यहरु अर्जुन बहादुर के.सी, इन्दिरा निराैला, सुवास श्रेष्ठ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, प्रदेश सदस्यहरु प्रल्हाद दाहाल, ममिता श्रेष्ठ, का.जि.खे.वि.स. का कार्यलय प्रमुख अनन्तादेवी खनाल, रा.खे.प. कर्मचारी संघका अध्यक्ष रञ्जन थापा समितिका सदस्यहरु राजेन्द्र अर्याल, बिनु खड्का, रुपा थापामगर, काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षकहरु, खेलाडीहरु, खेल सम्बद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा काठमाडौंका अध्यक्ष बस्नेतले रा.खे.प. उपाध्यक्ष, सदस्य सचिव, बोर्ड सदस्य लगायत उपस्थित अतिथिहरुलाई फुलको गुच्छा सहित खादा लगाएर स्वागत गरेका थिए । उपस्थित अतिथिहरुलाई शब्दद्वारा समितिका सदस्य बिनु खड्काले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा रञ्जन थापाले कर्मचारीकाे बारेमा बोलेका थिए भने काठमाडौं जिल्लाकाे समस्याकाे विषयमा कार्यालय प्रमुख खनालले रिपोर्टिङ गरेका थिए ।
बागमती प्रदेश सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेशले हाल सम्म गरेकाे कामकाे बारे बताउदै अब आउने दिनहरुमा खेलाडी र कर्मचारीले केहि समय भित्र नै खेलकुद क्षेत्रमा परिवर्तन भएको महसुस गर्ने, खेल संरचना बन्ने, अफ्ट्यारा निति नियम परिवर्तन गरिने, राखेपसँग सहकार्य गर्दै काम गर्ने र आम मानिसलाई खेलकुदको महत्व बुझाउने र आफ्नो कार्यकालमा खेल क्षेत्रमा रहेका विकृति र विसंतिलाई हटाउँदै जाने कुरा बताएका थिए ।
राखेप सदस्य सचिव शिलवालले प्रदेश र संघले मिलेर काम गर्ने, खेलाडीको हितमा सधैं रहने, कर्मचारी समायोजन गर्ने र समग्र खेलकुदमा रहेकाे बिक्रितिकाे निर्मुल गर्ने बताएका थिए ।
उनले राज्यका तीन तहका खेल संरचनाहरुको प्रभावकारी समन्वय हुदा मात्रै नेपालको खेल क्षेत्रले फड्को मार्न सक्नेमा आफू प्रष्ट रहेको बताएका थिए । उपाध्यक्ष शिव काेईरालाले सबै पक्ष मिले मात्र खेलकुदकाे विकास गर्न सकिने कुरालाई जोड दिएका थिए । उनले आफू र आफ्नो टिमले खेलकुद क्षेत्रका सबैखाले चुनौतीलाई सामना गर्न सक्षम रहेको समेत प्रष्ट पारेका थिए ।
कार्यक्रमकाे अन्त्यमा काठमाडौं जिल्लाका अध्यक्ष अरुण बस्नेतले समग्र खेलकुदकाे समस्या , कार्यालयको समस्याको बारेमा कुरा राख्दै अब काठमाडौं जिल्लाको खेलकुद विकासमा नयाँ आयाम आउने बिश्वास दिलाउदै त्यसकाे लागि राखेप, कर्मचारी, खेलाडी, प्रक्षिक लगाएत सबै खेलप्रेमीहरुको साथ र सहयाेग निरन्तर आवस्यक रहने कुरामा जोड दिदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।