राखेपमा ११ बोर्ड सदस्य थपिए
कपन अनलाइन
काठमाडौं ,असोज २३।
रास्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा ११ जना थपिएका छन। नेपाल सरकारले राखेप सदस्य चयनका लागि खेलकुद ऐनका अनुसार विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि ११ जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो।
राखेपको बोर्ड सदस्यमा प्रदेस नं १ बाट हरि खड्का (खस आर्य ),प्रदेस नं २ बाट मानदेव हजार (मधेस /दलित ),बागमती प्रदेस बाट पुरेन्द्र विक्रम लाखे (जनजाती ),गण्डकी प्रदेस बाट राजेस कुमार गुरुङ (जनजाती ) ,लुम्बिनी प्रदेस बाट सुमित्रा चौधरी थारु (महिला ) ,कर्णाली प्रदेस बाट नन्दा बस्याल (महिला ) र सुदुर पश्चिम प्रदेस बाट एकेन्द्र कुँवर (पिछडिएको क्षेत्र ) नियुक्त भएका छन ।
त्यस्तै खेलकुद संघ बाट नियुक्त हुने दुई जनामा शारीरिक सुगठनकी रेणुका श्रेष्ठ र रिंग रेस्लिंगकी सुवर्णा श्रेष्ठ पनि बोर्ड सदस्यमा नियुक्त भएका छन।
तपाइँको प्रतिक्रिया ।