शंखरापुर नगरपालिकामा असोज १८ गते तीन जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं,असोज १९। शंखरापुर नगरपालिकाले असोज १८ गते साँझ ५ बजे सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, सुचना अधिकारी सुभद्रा पुडासैनी र जन स्वास्थ्य निरीक्षक लक्ष्मीराज जोशी द्वारा जारी गरेको उक्त कोरोना बिवरणमा असोज १८ गते सम्म नगरपालिकाले ५७५ जनाको आर डी टि परिक्षण गरिएको र हाल उक्त परिक्षण बन्द गरिएको जनाएको छ ।साथै हाल सम्म नगरपालिकाले ८८४ जनाको पी सी आर परिक्षण गरेको उल्लेख गरेको छ ।
शंखरापुर नगरपालिकामा असोज १८ गते साँझ ५ बजे सम्ममा थप २ जना पुरुष र १ महिला गरि कुल तीन जनामा संक्रमण पुष्टी भए संगै संक्रमितको संख्या १४ महिला र ३० पुरुष गरि कुल ४४ जना रहेको त्यस मध्ये १० जना महिला र २० जना पुरुष गरि कुल ३० जनाले कोरोना जितेको उल्लेख गरेको छ ।
त्यसै गरि नगरपालिकामा ४ जना महिला र १० जना पुरुष गरि कुल १४ जना सक्रिय संक्रमित रहेको पनि जनाएको छ । त्यस्तै नगरपालिका भित्र होम आइसोलेसन मा ४ जना महिला र ९ जना पुरुष गरि कुल १३ जना रहेको जानकारी गराएको छ हाल सम्म अस्पतालको आइसोलेसनमा एक जना पुरुष रहेको उल्लेख गरेको छ ।