गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र आज उद्घाटन हुने

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र आज उद्घाटन हुने

कपन अनलाइन

काठमाडौं,असोज १८।  गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन  आइसोलेसन केन्द्रको रुपमा आज उद्घाटन गरिने   भएको छ ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गर्न  लागेको हो ।

गोकर्णेश्वर नगरपालिकासँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरिसकेको छ ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ ले काठमाण्डौमा ५० बेड (७० बेडसम्म पुर्याउन  सकिने) तथा विराटनगरमा ३० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने लक्ष्य राखेको छ र त्यसका लागि डिष्ट्रिक्ट गभर्नरको प्रमुख संरक्षकत्वमा काठमाण्डौको संयोजन मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल तथा विराटनगरको संयोजन प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले गर्न लागेको डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

काठमाण्डौमा आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को  लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई उनले अनुरोध गरेका छन्  ।

उनले गोकर्णेश्वरमा संचालन हुने   आइसोलेसन सेन्टरको आज असोज १८ गते  प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा बाट दिनको १२:३० बजे उद्घाटन गरिने कार्यक्रम भएकोले उक्त कार्यक्रममा सहभागी हुन समेत सबैलाई अनुरोध गरेका छन्  ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।