मेलम्ची-तालामाराङ-तिम्बु सडकको बेहाल ,स्थानीय सरकार भन्छ बनाउने बजेट छैन

मेलम्ची-तालामाराङ-तिम्बु सडकको बेहाल ,स्थानीय सरकार भन्छ बनाउने बजेट छैन

कपन अनलाइन

काठमाडौं ,असोज १७/दिपक विक्रम देउजा

यो तस्विर सिन्धुपाल्चोक जिल्लाको मुटु मेलम्ची -तालामाराङ- तिम्वु सडक खण्डको हो।
पटक पटक  यो सडक निर्माणको पहल ,सक्रियता र जागरुकता भनेर धेरै नेता तथा कार्यकर्ताहरुको सामाजिक संजालका भित्तामा सजिए पनि वास्तविक अवस्था भने कुनै रोपाइँ गर्ने तयारी पारेको धान खेत भन्दा कम छैन।

वर्खामा हिल्लामे  रहिउँदमा धूूलाम्मे यो सडक मेलम्ची खानेपानी को मुख्य प्रवेश मार्ग समेत जाने यो बाटोमा दैनिक सयौंको सङ्ख्या यो बाटो भएर सवारी साधन ओहोर-दोहोर गर्ने गर्नेछन्।
सिन्धुपाल्चोक जिल्लालाई विकासको नमुना बनाउने अभियान भन्दै भाषण ठोक्ने नेताहरुले लाखौं पटक यात्रा गरेका छन् भने अर्को रमाइलो कुरा त के छ भने पुर्व मन्त्री एवम् संसद सेर बहादुर तामाङको वडा समेत यही मेलम्चीनगरपालिका वडा नम्बर ११ रहेको छ।

यस विषयमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल संग कुरा गर्दा यो सडक केन्द्र अन्तरगत सडक विभागले बनाउने र नगरपालिका  संग बजेट नभएको बताए  ।

बागमती  प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले पनि भाषण मार्फत त निकै पटक मेलम्ची – तालमाराङ-तिम्बु सडक खण्ड मर्मत गरिसकेका छन तर अवस्था भने माथिको तस्वीरले प्रस्ट पारिरहेको छ ।

बागमती  प्रदेश संसद एवम् प्रदेश संसदीय दलका सचिव निमा लामालाई झनै सजिलो छ जवाफ दिन उनले  हामी त सदनमा विपक्ष दल हाम्रो प्रस्ताव सुनुवाइ हुने कुरै भएन,यति भने पुगिहाल्छ ।

अर्को तर्फ आफूलाई निकै विकासप्रेमी मान्ने हेलम्बु गाउँपालिका प्रमुख नीमा ग्याल्जेन शेर्पाको त झनै के कुरा गर्नु ।
मुल सडकको यस्तो अवस्था हुदा समेत जनप्रतिनिधिहरु नबोलेको देख्दा आजित बनेका स्थानियहरुले आन्दोलनको तयारी गर्ने चेतावनी समेत दिएका छन ।
यसरि जिल्लाको महत्वपूर्ण सडकलाई बेवारिसे बनाएर विकासको गतिलाई कुनै पनि नेताले प्रतिवाद वा विरोध नगर्नुका पछाडी केहि छ कि ? भन्ने प्रश्न अहिले जिल्ला भरि चलेको इन्द्रश्वरी माविका शिक्षक जीत बहादुर बस्नेतले बताएका छन।
हजारौ जनतालाई सास्ती दिएर विभिन्न बहानाबाजी कारण देखाउदै जनप्रतिनिधिहरु पन्छिने गरेका छन्।किन सडक यस्तो अवस्था हुदा समेत नेता र जनप्रतिनिधिहरु भन्ने चुप छन् भन्ने प्रश्न अहिले मेलम्चीमा व्यापक छ?यो बाटो भएर दर्जनौं पटक मन्त्री संसद ,संसद विकास समितिका सभापति र उच्च पदस्त सरकारी कार्मचारीले मेलम्ची खानेपानी आयोजको अनुगमन र निरिक्षणको सन्दर्भमा यो सडकको यत्रा गरिसकेका छन्।
विकास आयोजनाको नाटक मन्चन गरेर फोटो सेसन गर्नु बाहेक जनताका वर्तमान र भूपू  प्रतिनिधिहरुले खास र अर्थपूर्ण काम नगरेको आरोप लगाउदै उनले अव उनीहरु संग सार्वजनिक रुपमा यसको जवाफ माग्ने तयारी गरेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।