बुढानिलकण्ठ नगरपालिकाका ३५ जनामा कोरोना संक्रमण ,कुल संक्रमितको शंख्या ६५५
कपन अनलाइन
काठमाडौं ,असोज १५।
बुढानिलकण्ठ नगरपालिकाका ३५ जनामा कोरोना संक्रमण देखिएको छ। असोज १५ गते बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३ ,४,८,९,१० ,११ ,१२ र १३ मा कोरोना संक्रमित भेटिएका हुन् ।
आज बुढानिलकण्ठ नगरपालिका वडा नं ३ की ३६ वर्षीय महिला ,वडा नं ४ ४०,४५,६७ वर्षीय महिला र १४,२४ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं ८ २,२९,३० ,३३ वर्षीय महिला र ३६,४२ ,५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ९ का ३०.३८ ,६९ वर्षीय महिला र ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो परिणाम अनुसार वडा नं १० का ४,१९,२५,३५ ,५२ वर्षीय महिला र ४२ ,५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ११ का २०,४६ वर्षी महिला र ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं १२ का २६ वर्षीय महिला र ३३,३३,७३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने वडा नं १३ का १८,३५ र ३९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यो संगै बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमितको शंख्या ६५५ पुगेको छ ।