गोकर्णेश्वर युवा उपकार क्लबले तीन महिनाको सटर भाडा नलिने

गोकर्णेश्वर युवा उपकार क्लबले तीन महिनाको सटर भाडा नलिने

कपन अनलाइन

काठमाडौं असोज १५ । विश्वभर कोरोना संक्रमण फ़ैलिएपछि नेपालमा पनि यसको असर राम्रै देखिने आशंका गरिएको छ। यस्तो अवस्थामा व्यवसायी तथा भाडामा बस्नेहरूमा छुट्टै तनाव सृजना भएको छ । व्यवसाय तथा जागिरको टुङ्गो नहुने भएपछि न त भाडा तिर्ने अवस्था छ न त छाडेर हिड्ने नै अवस्था।यस्तैमा गोकर्णेश्वर युवा उपकार क्लबले क्लब भवनको सटरमा भाडामा लिई व्यवसाय गर्दै आएकाहरुलाई तीन महिनाको सटरभाडा छुट दिने घोषणा गरेको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले कपन अनलाइनलाई  जानकारी गराए ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउनमा रहेको अवस्थामा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकालाई समस्या परेको भन्दै ब्यबसायीहरुको आग्रह बमोजिम क्लबले तीन महिनाको भाडा नलिने निर्णय गरेको  बताउदै  ‘यस्तो अवस्थामा सहयोग गर्नु मानविय धर्म हो ,क्लबले सामाजिक उत्तर दायित्व अन्तर्गत सो निर्णय गरेको  उनले बताए ।

तपाइँको प्रतिक्रिया ।