नगर कमिटीको पहिलो बैठकबाट संगठन केन्द्रित अभियान घोषणाको तयारीमा छौ : रबिन अधिकारी

कपन अनलाइन

काठमाडौं ,असोज १३।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले  नगर कमिटिको पहिलो  बैठक बाट संगठन परिचालनको अभियान घोषणा गरेर जनताको माझमा जाने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माण र कोरोना प्रकोप नियन्त्रण अभियानलाई सहयोग पुर्याउन नगर कमिटीले परिचालन गरेका स्वयंसेवकहरु संगको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै अधिकारीले वडा कमिटिहरुलाई पूर्णता दिन कमिटि सिफारिसका लागि  निर्देशन दिइसकेको जानकारी दिएका छन।

काठमाडौं क्षेत्र नं ५ (२ )  बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको वडा नं ३,४,५,६,र ७ का स्वयंसेवकहरु संगको अन्तरक्रियामा बोल्दै अध्यक्ष अधिकारीले पार्टीको बर्दीमा जनताको माझमा पुग्ने स्वयंसेवकहरुले सधै निस्वार्थ सेवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।

बुढानिलकण्ठ नगरपालिकाले गरेका कामहरुलाई प्रत्यक्ष रुपमा जनता संग पुर्याउन र जनताका आवाज जनप्रतिनिधि सम्म पुर्याउने पुलका रुपमा पार्टीलाई अगाडी बढाउने योजना लागु गर्ने  बताउदै असोज महिना भित्र वडा कमिटिलाई पूर्णता दिने तयारीमा नगर कमिटि रहेको जानकारी दिएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।