चावहिलको सार्वजनिक जग्गा बचाउन जनप्रतिनिधिलाई सकस

चावहिलको सार्वजनिक जग्गा बचाउन जनप्रतिनिधिलाई सकस

कपन अनलाइन

काठमाडौं ,असोज ११।

काठमाडौं महानगरपालिका वडा नं ७ मेडिकेयर अस्पताल पछाडी बोन स्काई लार्क स्कुल अगाडी रहेको सार्वजनिक जग्गाको संरक्षण गर्न जनप्रतिनिधिहरुलाई सकस परेको छ। काठमाडौंको महत्वपूर्ण व्यापारिक केन्द्र चावहिलको मुटुमा रहेको करिव १० रोपनी ५ आना जग्गालाई संरक्षण गर्दै खुल्ला स्थानका रुपमा विकास गर्ने जनप्रतिनिधिहरुको प्रयासलाई विफल गराउनका पटक पटक चलखेल हुदै आएको एक जनप्रतिनिधि बताउछन।

पटक पटकको विपदले सिकाएको पाठ बाट शिक्षा लिंदै सो स्थानलाई खुल्ला बहुउपयोगी स्थानका रुपमा विकास गर्ने अभियानमा पहिलो गाँसमा नै ढुंगा सो स्थानमा पार्टी प्यालेस र बजार स्थापनाका लागि टेन्डर आव्हान हुँदा लागेको एक स्थानीय बताउछन। मासिक ८ लाख ५ हजार भाडा कवोल सहित गुठी संस्थानले आव्हान गरेको उक्त टेन्डर स्थानीयहरुको तिव्र विरोध पछी स्थगित गरिएको थियो।

गुठी संस्थानको स्वामित्वमा रहेको उक्त सार्वजनिक जग्गामा संरचना बनाएर आर्थिक लाभ लिनका लागि विचौलियाको गिरोह नै सक्रिय रहेको बताउदै एक स्थानीयले  पटक पटक विभिन्न बहानामा सो जग्गा उम्काउन गरेको प्रयासलाई विफल पारिएको जानकारी दिएका छन।

सो जग्गामा स्वामित्व दावी गर्दै मोहीले हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सो जग्गालाई व्यापारिक रुपमा प्रयोग गर्ने प्रयास  विफल बनाउन पटक पटक प्रयास गरेका जनप्रतिनिधिहरुलाई पछिल्लो पटक उपत्यका विकास प्राधिकरण बाट ३० लाख रुपैया बजेट आए संगै पुन अफ्ट्यारो परेको छ।

सो सार्वजनिक जग्गामा तारवार र पर्खाल निर्माण गरेर संरक्षण गर्नका लागि आएको सो रकमलाई प्रयोग गर्नका लागि सो जग्गामा नक्शांकन गरेर एकिन क्षेत्रफल तय गर्नका लागि पटक पटक छलफल भए पनि पूर्ण सहमति अझै  बन्न नसकेको एक वडा सदस्यले जानकारी दिएका छन। सो जग्गालाई विपदमा प्रयोग गर्नका लागि सोहि अनुसार विकास गर्ने वडा नं ७ को योजना रहेको बताउदै उनले कुनै पनि भाडा वा अन्य माध्यम बाट जग्गा प्रयोग गर्न नदिने बताएका छन।

तर ति जनप्रतिनिधिले जति नै विस्वासका साथ सो अभिव्यक्ति दिए पनि सो जग्गाको विषयलाई लिएर भित्रि रुपमा भएका चलखेलले उनीहरुलाई चिन्तित बनाएको प्रस्ट देखिने एक स्थानीय बुद्दिजीवीले बताए। दृश्य अदृश्य रुपमा सो जग्गा माथि आँखा गाढेका गिरोहहरुको जालमा उनीहरु फस्छन कि उम्किन्छन त्यो भने आगामी समयले देखाउने उनको धारणा रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।