राष्ट्रिय रग्बी महिला टिमकी कप्तान थापाले कोरोना संक्रमण जितिन
कपन अनलाइन
काठमाडौं ,असोज १०/नविना श्रेष्ठ
इच्छा शक्ति भयो भने जस्तो सुकै चुनौती पनि सामना गर्न सकिन्छ। इच्छा शक्ति भएकै कारण महिलाहरु कुनै कुरामा पछाडि छैनन् र अवसर पाए देश र समाज परिवर्तन गर्न सक्छन् भने कुराको एउटा सबल उदारण हुन नेपाल रग्बी राष्ट्रिय महिला टिमकी कप्तान एलिसा थापा।
भदौ दोस्रो साता कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो। कोरोनाको लक्षण देखेकाले PCR रिपोर्ट आउनुअघि नै उनी अलग्गै आइसोलेसनमा बस्न थालिसकेकी थिइन्। तर उनी संक्रमणको अवस्थामा पनि चुप भने बसिनन्।
एक्लै बसेको समयमा पनि रग्बीको ट्रेनिङ्लाई निरन्तरता दिइरहिन्। खेल र व्यायाम जारी राख्दै उनी तीन सातापछि कोरोना मुक्त भएकी छन्। दोस्रो पटक PCR परिक्षण गर्दा समेत रिपोर्टमा पोजेटिभ आएको एलिसाले भनिन्।
उनी बागमती प्रदेशकी उपसभामुख राधिका तामाङकी स्वकीय सचिव पनि हुन। एउटै घरमा बसोबास सँगै पहिला नै दुई जनालाई पोजेटिभ भइसकेकोले आफूलाई पनि PCR टेस्ट पछि रिपोर्ट पोजेटिभ हुने संकाले रिपोर्ट आउनु अगाडि नै आफू अलग्गै होम आइसोलेसनमा बसेको उनी बताउछिन।
शारीरिक रुपमा निकै बल लगाउनु पर्ने खेल हो। रग्बी ट्रेनिङमा पनि उक्तिकै मेहेनत गर्नुपर्छ। आफूलाई त्यस्तो केही समस्या नभएको र नियमित व्यायाम गरिरहेकाले होला गार्हो चाहिँ नभएको एलिसा ले बताए। कोरोना सङ्क्रमित हरु कोभिड-१९ले भन्दा सामाजिक दुर्व्यवहार वाट पीडित भइरहेको त्यस्तो अवस्थामा पनि आफू तीन साता आइसोलेसनमा बसेकी एलिसा एकलै पनि व्यायाम गर्ने र रग्बीको अभ्यास गर्ने एलिसा बताउछिन्।
महामारीकै बेला भएको रग्विका अनलाइन कोर्सहरु पनि उनी आइसोलेशन मै छँदा सहभागी भएकी थिइन्। उपसभामुखको स्वकीय सचिव भएदेखि प्राय हेटौंडामा बस्दै आएकी एलिसाको दुई पटक रिपोर्ट पोजेटिभ आउँदा पनि नआतिएको उनि बताउछिन।
उनको गत शनिबार को रिपोर्ट भने नेगेटिभ आएको छ। दुईपल्ट पोजेटिभ देखिए पछि उनी आइसोलेसन धेरै बस्नु परेपनि कुनै समस्या नभएको कप्तान एलिसा बताउँछिन्।
नयाँ जीवन पाएको र् जोस जाँगर बढेको रग्वी खेलका कप्तान बागमती प्रदेशका उपसभामुख राधिका तामाङ की स्वकीय सचिव एलिसा थापाले बताएकी छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।