मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ७/अमृता नेपाली
मदन भण्डारी फाउन्डेसनबुढानिलकण्ठ नगर कमिटीको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।पहिलो पटक रक्तदान गरेका चित्रकुमार गुरुङ बाट शुरुवात भएको कार्यक्रममा १२ महिला र ३८ पुरुष गरि जम्मा ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्दव खलेरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , उपप्रमुख रमा राई ,नेकपा बागमती प्रदेसका सचिवालय सदस्य सुन्दर पुर्कुटी ,नेकपा काठमाडौंका सचिवालय सदस्य संगम गहतराज ,विदुर विक्रम खड्का,मिठाराम अधिकारी ,जिल्ला कमिटि सदस्य लक्ष्मी संग्रौला, धुर्वराज न्यौपाने , बुढानिलकण्ठ वडा न १० का अध्यक्ष नबराज भट्टराई,वडा नं ११ का अध्यक्ष राजु अधिकारी,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल,नगर कार्यपालिका सदस्य शान्ता ढकाल , न्यायिक समिति सदस्य भगवती निरौला , वडा नं १० का सदस्यहरु दिलकुमारी बि क, रिता दाहाल, भुप प्रसाद रेग्मी , चन्द्रमान श्रेष्ठ ,वडा नं १२ का सदस्यहरु पुरुषोत्तम नेपाल ,मिना बयलकोटी , नेकपा वडा नं १० का अध्यक्ष जगत प्रसाद निरौला, सचिब सन्जिता पौडेल ११ का अध्यक्ष हरिराम ढुंगाना ,सचिव संगीता पन्त लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
संबिधान दिवसका अवसरमा सप्ताह ब्यापी कार्यक्रम आयोजना गर्ने शिलशिलामा कपनमा आयोजना गरिएको कार्यक्रममा प्रतिकुल मौसमका बावजुद पनि उत्साहजनक सहभागिता रहेको बताउदै मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्काले कार्यक्रमलाई सफल बनाउने सबैलाई धन्यवाद दिएका छन।
बुढानिलकण्ठ -१० का राजेन्द्र अधिकारी द्वारा ४३ औ पटक रक्तदान
असोज ७ गते भएको कार्यक्रममा बुढानिलकण्ठ -१० का राजेन्द्र अधिकारीले ४३ औ पटक रक्तदान गरेका छन । पहिलो पटक सुभप्रभात नेपालले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका उनले हरेक ३ महीनामा रक्तदान गर्दै आएका छन। नियमित रक्तदानले स्वास्थ्य र समाजसेवामा सहयोग पुग्ने बताउदै अधिकारीले सबैलाई रगत दान गर्नका लागि आग्रह गरेका छन ।
(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )