चन्द्रागिरी नगरपालिकाको पठनपाठन प्रक्रिया सुचारु गर्ने सम्बन्धि सार्वजनिक सुचना

चन्द्रागिरी नगरपालिकाको पठनपाठन प्रक्रिया सुचारु गर्ने सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,असोज १। चन्द्रागिरी नगरपालिकाले पठनपाठन प्रक्रिया सुचारु गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्ण बहादुर भुवाजी द्वारा जारि गरेको सो सुचनामा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा कोभिड १९ को अवस्था र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बिद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयन सम्बन्धि २०७७ साल भाद्र ३१ को बैठकमा  चन्द्रागिरी नगरपालिका अन्तर्गतका सबै बिध्यालयहरुले अनिवार्य रुपमा शिक्षकलाइ मिति २०७७ साल असोज १ गते बाट हाजिर गराई  बिद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार बालबालिकाको पठन पाठन प्रकिर्य सुचारु गर्ने निर्णय भएकोले सो अनुसार गराउन  सम्बन्धित सबैलाई  अनुरोध गरिएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।