लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ द्वारा मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ द्वारा मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

कपन अनलाइन

काठमाडौं,असोज १ । लायन्स क्लब  इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ जोन ७ को संयोजन र रमाइलो समाजको सहकार्यमा कागेश्वरि मनोहरा नगरपालिका वडा नं ६ स्थित  रमाइलो समाजमा स्वास्थ्य सुरक्षा सामग्री को साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको छ ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं साहस, लायन्स क्लब अफ काठमाडौं पद्मश्री,लायन्स क्लब अफ काठमाडौं गौरब, लायन्स क्लब अफ काठमाडौं स्विट सिटि र लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ सिटीको संगको सहकार्यमा करिब ८ सय जनामा मास्क र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको हो।

 डिस्ट्रिक एडमिनीस्ट्रेटर लायन सुरेन्द्र प्रकाश बलायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बोल्दै जोन चियर पर्सन बिष्णु खड्काले “संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।’ उनले सो बाहेकपनि क्लबले विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको बताए । उनले सबैजना एक जुट भएर लागेमा कोरोना परास्त गर्न सकिने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।