कागेश्वरी मनोहरा नगरपालिकाले जोर बिजोर तथा सिफ्ट प्रणालीमा बिध्यालय संचालन गर्ने

कागेश्वरी मनोहरा नगरपालिकाले जोर बिजोर तथा सिफ्ट प्रणालीमा बिध्यालय संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ,असोज १ । कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।नगर प्रमुख कृष्णहरि थापा सहित उप प्रमुख बिन्दु पुडासैनी सिंखडा लगायतको उपस्थितिमा भएको सो बैठकले २०७७ आश्विन ११ गते आईतवार देखी २०७७ आश्विन २५ गते आईतवार सम्म पहिलो चरणमा कक्षा १ देखी कक्षा १२ सम्म जोर बिजोर गरी कक्षा संचालन गर्न, बिध्यार्थीको अनुपातमा स्कूलले बिध्यार्थी हरूलाई २ सिफ्ट अथवा ३ सिफ्ट गरी पठन पाठन स्कुल मानै गर्ने गरि तपसिलका उल्लेखीत नियमानुसार संचालन गर्न सकिने  निर्णय भएको जानकारी गराएको छ।

१- कक्षा १ देखी कक्षा ५ सम्म बिहान ११ बजे देखी २ बजे सम्म ।

२- कक्षा ६ देखी कक्षा १२ सम्म बिहान ७ बजे देखी १० बजे सम्म ।

३- आबश्यक्ता अनुसार दिनको ३ बजे देखी ६ बजे सम्म ।

४- स्कूलमा पठन पाठन सुरू गर्नु अघि अभिभावक लाई बैकल्पिक सिकाई अथवा स्कूलमा पठन पाठन गर्न पठाउने सहमति लिनु पर्ने छ ।

५- बिध्यार्थीलाई स्कूलमा पठन पाठन १ दिन गराउने र २ दिनको लागी गृह कार्य गर्न अभिप्रेरित गर्ने । बढिमा हप्तामा ३ दिन मात्र स्कूलमा पठन पाठन गराउने ।

६- बैकल्पिक सिकाई बाट अभिभावकले आफ्ना नानी, बाबुलाई लाई पठन पाठन गराउन चाहेमा त्यस्ता बिध्यार्थीलाई समेत अभिभावक मार्फत गृह कार्य दिन सकिने ।

७- अभिभावकले बिध्यालयमा पठन पाठन गर्न पठाउने बिध्यार्थीलाई COVID 19 का लागी स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गराई मात्र पठाउने ।

८- संस्थागत बिध्यालय र सामुदायिक बिध्यालयमा Sanitization गर्नु पर्ने COVID 19 रोकथाम का सबै मापदण्ड पुरा गर्नु पर्ने । सम्भव भए स्वास्थ्यकर्मी राख्ने ।

९- संस्थागत बिध्यालयले पठन पाठन गराउदा COVID 19 रोकथाम गर्दा भएको खर्च समेत बिध्यार्थीमा अतिरिक्त शुल्क लगाउन सक्ने छ । सामुदायिक बिध्यालयमा COVID 19 रोकथाम गर्दा भएको खर्च नगरपालिकाले उपलब्ध गराउने छ ।

दशै तिहार पछि दोस्रो चरणको कार्यक्रम ल्याउने अथवा संघिय सरकारले गरेको परिपत्र अनुसार बिध्यालय संचालन गरिने गरि कार्यपालिकामा निर्णयार्थ पेश गर्ने निर्णय गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।