म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान

कपन अनलाइन 

काठमाडौं भाद्र २९ ।म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षकालागि जेल चलान भएका छन् ।सोमबार जिल्ला अदालत काठमाडौक न्यायाधीश विनोदराज पोखरेलको इजलासले ३ जनालाई १५ हजार धरौटीमा र ५ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

गत भदौ १ गते झण्डा जलाएकाे अाराेपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियाे ।पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मुद्दा दायर भएको थियाे ।भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएकाे थियाे ।

भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छ।

सौजन्य : सी न्युज

तपाइँको प्रतिक्रिया ।