राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवस

कपन अनलाइन

काठमाडौं ,भाद्र २९/मेनुका कार्की

आज राष्ट्रिय बाल दिवस । विस २०२१ साल भाद्र ४  गते देखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३  साल भाद्र २९  गते मनाउन सुरु गरियो ।‘बालबालिकाका कुरा सुनौं, बाल दुव्यवहार अन्त्य गरौं’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेर मनाउँदै आएका छन ।

सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि अधिकारबाट बञ्चित भएका बालबालिकाको अवस्था भने खासै सुधार हुन सकेको छैन् ।

देशका विभिन्न ठाउँमा बाल श्रमशोषणका घटना जारी रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको पाइन्छ | साथै काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ ।

काठमाडौंसहित देशभर अहिले धेरै संख्यामा सडक बाल बालिका रहेका  छन  । बालअधिकार स्थापना गर्ने र कुनै पनि बालबालिका शोतन्त्र रूपले बच्नको लागि नेपालले बालअधिकार सम्बन्धी सम्युक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको भएता पनि कयौ बालबालिका पीडित नै  छन । कतिपय अवस्थामा अविभावक हुँदा हुँदै पनि बालबालिका शोषण मा परेका छन् गरिबीको कारणले त कतै चेतनाको अभावले ।बालबालिकाको पहिलो पाठशाला  परिवार भएकाले बालबालिकाको सम्पूर्ण  कुराहरु परिवारले राम्रो सँग बहन गर्नुपर्छ ।

यस अवसरमा ‘बाल यौन दुर्व्यवहार अपराध हो, होसियार होऔं, उजुरी गरौं’ भन्ने नाराका साथ बालयौन दुव्र्यवहार विरुद्धको राष्ट्रिय अभियानको सुरुवात भएको छ । उक्त अभियान अन्तर्गत चेतनामूलक अन्तरक्रिया  कार्यक्रममा सहभागी बनौ बाल योन दुर्व्यवारबाट सबैलाई वञ्चित बनाउ ।

(मेनुका कार्की सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।