ग्रीन आर्मी नेपाल संस्थाको भर्च्युल बैठक सम्पन्न

ग्रीन आर्मी नेपाल संस्थाको  भर्च्युल बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र २३ । ग्रीन आर्मी नेपालको  आज मंगलबार औपचारिक बैठक सम्पन्न भएको छ।जुम प्रबिधि मार्फत  भर्च्युल रुपमा गरिएको सो बैठक करिब २ घण्टा सम्म चलेको थियो ।उक्त बैठकमा सबै विभागीय प्रमुखहरुको उपस्थिति  रहेको सो  बैठकमा सबै सदस्यहरुले अबको कार्यसम्पादनको मोडालिटी कस्तो रहने र ग्रीन आर्मी नेपालको ”हरियो राष्ट्र, सशक्त र स्वाबलम्बी नागरिक” भन्ने मूल उदेश्य अनुरुप कसरी अगाडी जाने भन्ने बिषय छलफल भएको थियो ।

ग्रीन आर्मी नेपालका संस्थापक प्रमुख  सबिन शर्माले   ग्रिन आर्मी नेपाल देश ब्यापी  रुपमा जान सबै आवस्यक तयारी भैसकेको र , सबै नागरिक आफ्नै देशमै स्वभालाम्बी बन्नको लागि राष्ट्रिय तहमै कार्यक्रम ल्याइसकेका बताए  । त्यस्तै संस्थाका महासचिव कविता चापागाईंले  सबै मिलेर अघि बढे देशको बिकास  सम्भब  रहेको भन्दै   सबै एकजुट भएको  जानकारी गराइन । सबै प्रदेशमा यो अभियान सशक्त स्वाबलम्बी नागरिक सहितको हरियो देशको रुपमा विश्वमा चिनाउने लक्ष्य सहित आघि बढिरहेको संस्थाका संघ-संस्था सम्वन्वय विभागका प्रमुख राजेश घिमिरेले  कपन अनलाइन लाइ बताए  ।

तपाइँको प्रतिक्रिया ।