माइकिङ गरि कोरोना सचेतना जगाउदै महानगरीय प्रहरी प्रभाग गोकर्ण

माइकिङ गरि कोरोना सचेतना जगाउदै महानगरीय प्रहरी प्रभाग गोकर्ण

कपन अनलाइन  

काठमाडौं भाद्र २१ ।शान्ति सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीले सचेतना कार्यक्रम समेत गर्दै आएको छ । काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका भित्र पनि कोरोना संक्रमित बढ्दै गए पछि महानगरीय प्रहरी प्रभाग गोकर्णले शान्ति सुरक्षा प्रदान गर्नुको साथै कोरोना सचेतना जगाउदै आएको छ । प्रहरीले स्थानीय नागरिकलाइ माइकिंग गरेर सचेत गर्न थालेको हो  ।  समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं नारा सहित गोकर्णका बिभिन्न चोक तथा टोलमा  माइकिंग गरि सुरक्षा  सचेतना जगाउदै आएको हो  ।

सरसफाइमा विशेष ध्यान दिने, अनिवार्य रुपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक रुपमा भिडभाड नगरौं, भिडभाडमा नजाऔं, आवश्यकता अनुसार सेनिटाइजरको प्रयोग गरौं, नियमित रुपमा साबुन पानीले हात धुने बानी बसालौं  अत्यावश्यक काम बाहेक घर बाहिर नहिड्न र निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ ।

कोरोना सङ्क्रमण थप हुन नदिन तथा अनावश्यक काममा भिडभाड गरेर आउने समस्याबाट मुक्त गराउन माइकिङ गरेर सचेत गर्न थालिएको महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक वासुदेव थापाले जानकारी गराए ।उनले धेरै मानिसहरु जमघट हुँदा मस्क नलगाउने, सरकारले लागु गरेका नियमहरु पालना नगर्ने गरेको समेत पाइएको भन्दै उनले त्यस्ता नागरिकहरुलाई सम्झाई बुझाइ गरेर पठाउने गरिएको बताए ।

तपाइँको प्रतिक्रिया ।