कपन आनिगुम्बामा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुट्ने पक्राउ

कपन आनिगुम्बामा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुट्ने पक्राउ

कपन अनलाइन

काठमाडौं ,भाद्र २०।

बुढानीलकण्ठ नगरपालिका–११  आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका छन् । कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए  ।

बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ हाल कपन बस्ने विशाल लामा रहेका  छन् ।

‘सस्तोमा सुन बेच्ने’ सपना देखाएर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुनको डिल गर्दा  सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि  पैसा लिएर गुम्बानजिक बोलाएका थिए।

सो समूहका मेखबहादुरले लुटेको पैसाले किनेको  प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल र लुटपाटमा प्रयोग भएको बा.२४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल पनि  प्रहरीले बरामद गरेको छ।

त्यस्तै  सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७५ हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।