हेलम्बु गाउँपालिका वडा नं ५ बोल्देका ४५ घर जोखिममा ,स्थानीय सरकारले नसुने पछी नेकपा नेताहरु सक्रिय

हेलम्बु गाउँपालिका वडा नं ५ बोल्देका ४५ घर जोखिममा ,स्थानीय सरकारले नसुने पछी नेकपा नेताहरु सक्रिय

कपन अनलाइन

काठमाडौं ,भाद्र २० /दिपक विक्रम देउजा

हेलम्बु गाउँपालिका वडा नं  ५ बोल्देमा रहेका ४५ घर पहिरोको उच्च जोखिममा परेका छन। कठिन भूगोल रहेको उक्त स्थानमा कुनै इन्जिनियर डिजाइन बिना ठुला बुल डोजर चलाएर  खनिएका साँघुरो र भिरालो सडकका कारण पहिरोको दुर्घटना नजिकै पुग्दा त्रसित बनेको   स्थानीय बासिन्दाहरुले बताएका छन।

आफ्नो गाउँवस्ती पहिरोका कारण उच्च जोखिममा रहेको  बताउदै स्थानीयहरुले दिन भरिको टन्टलापुर घाम र रातभरिको मुसलधारे वर्षाका  कारण बोल्दे बस्तीका  ४५ घर जोखिमको ब्यव्सथापनका लागि स्थानीय सरकार समक्ष आग्रह गरेका छन।

केही दिन अगाडि त्यहाँका स्थानीयले  पहिरोका कारण उच्च जोखिम परेको जानकारी गराउदा पनि स्थानीय सरकारले नसुनेपछी 
नेकपा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डित,नेकपा हेलम्बु गाउँपालिका कमिटी अध्यक्ष अर्जुनकुमार भण्डारी नेकपा वडा कमिटी अध्यक्ष रमेश तामाङ ,मिङमार तामाङ लगायतका नेता कार्यकर्ताले एकीकृत बस्ति निर्माणको पहल शुरु गरेका छन। स्थानीयहरु संगको छलफल पश्चात सो टोलि १५ वटा व्यवस्थित पाल सहित पहिरोको जोखिम रहेको बोल्दे बस्तीमा पुगेको थियो
जिल्ला विपद व्यवस्थापन समितिको सहयोगमा प्राप्त सामाग्री हस्तान्तरण गर्दै सो टोलीले आगामी दिनमा थप कामहरु अगाडी बढाउनका लागि स्थानीयहरु संग छलफल गरेको थियो।
तपाइँको प्रतिक्रिया ।