Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118654592_417066925922321_3999929852112968879_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका द्वारा कोरोना संक्रमितको हाल सम्मको अवस्था सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,भाद्र १९।  गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र १८ गते सम्मको अवस्था सार्वजनिक गरेको छ । जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा ९० जना पुरुष र ५२ जना महिला गरि कुल १४२ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।  त्यसैगरि हाल सम्म नगरपालिकामा २६ जना पुरुष र १३ जना महिला गरि कुल ३९ जनाले कोरोना जितेर घर फर्किएका छ भने नगरपालिकामा १ जनाको कोरोनाका कारण मृत्य भएको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा ६१ जना पुरुष र ४१ जना महिला गरि कुल १०२ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै ४७ जना पुरुष  र ३३ जना महिला गरि कुल ८० जना होम आइसोलेसनमा बसेको जानकारी गराएको  छ ।त्यसै गरि अस्पतालको आइसोलेसंमा १६ पुरुष र ६ जना महिला गरि कुल २२ जना रहेको जसमा २ जनाको अवस्था क्रिटिकल रहेको पनि जानकारी गराएको छ ।

त्यसैगरि हाल सम्म नगरपालिकाले ८६७ जनाको आर डीटि परिक्षण गरिएको र हाल लाइ आर डीटि परिक्षण रोकिएको पनि जानकारी गराएको छ भने नगरपालिकाले हाल सम्म ४०९ जना पुरुष र ४१० महिला गरि कुल ८१९ जनाको पिसीआर परिक्षण गरिएको पनि जानकारी गराएको छ ।त्यसै गरि नगरपालिकाले हाल सम्म ८७८जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएको जानकारी गराउदै उक्त कन्ट्याक्ट ट्रेसिंगको क्रममा २४ जना संक्रमित  भेटिएको पनि जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।