नबिन,बिबेक र शरद को “के को बदलामा” सार्बजनिक

नबिन,बिबेक र शरद को “के को बदलामा” सार्बजनिक

कपन अनलाइन 

काठमाडौं ,भाद्र १८।

गायक नबिन के भट्टराई को पछिल्लो संग्रह “३७” बाट “के को बदलामा” बोल को गीत सार्बजनिक भएको छ। गीत मा नबिन संगै बिबेक आचार्य र शरद राज मैनाली ले पनि आबाज दिएका छन्। प्रदिप मानन्धर तथा शरद राज मैनाली को शब्द तथा संगीत रहेको उक्त गीतलाइ सुदिप बिक्रम थापाले संगीत संयोजन गरेका छन्।


अमेरिकामा छायांकन गरिएको गीतको भिडियोलाई वे प्रडक्सन अन्तर्गत अतुल कार्कीले बनाएका हुन्।गीतमा सफल जंग केसी,भलेरी मोरिनो साथै बाल कलाकार रिदम कार्की को आभिनय हेर्न सकिन्छ। गित लाइ फुर्सद टिभी नेपाल नामक यु टुब मार्फत सार्बजनिक गरिएको छ। गीति संग्रह “३७” लाइ न्यु एज म्युजिकले बजारमा ल्याएको हो।

तपाइँको प्रतिक्रिया ।