बिमल ठकुरी नेपाली कांग्रेसको केन्द्रीय सूचना,संचार तथा प्रचार विभागको सदस्यमा  मनोनित

बिमल ठकुरी नेपाली कांग्रेसको केन्द्रीय सूचना,संचार तथा प्रचार विभागको सदस्यमा  मनोनित

कपन अनलाइन

 काठमाडौँ, भाद्र १८ । नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको सदस्यमा  मनोनित भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा  रहेका ठकुरी संबिधान सभा सदस्य  स्व, चक्रबहादुर ठकुरीका छोरा हुन् ।

उनि २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा झिनो मत अन्तरले  हालका बागमती प्रदेशका भौतिक तथा पूर्वाधार  विकास मन्त्रि रामेश्वर फुयाल संग पराजित भएका थिए । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसको बिधान २०१७ (संशोधन सहित )को धारा २५(९) बमोजिम २०७७ साल भाद्र १७ गते नेपाली कांग्रेस सुचना तथा संचार तथा प्रचार बिभागमा बिमल ठकुरी सहित  ४८   जनालाई मनोनित गरेका छन  ।देउवाले विभागको उपप्रमुखमा डा सुरेश आचार्य र सचिवमा दिनेश थापालाई मनोनित गरेका छन्।

उनीहरुको नामावली निम्न रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।