महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरीहरुलाइ मास्क प्रदान

महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरीहरुलाइ  मास्क प्रदान

कपन अनलाइन

काठमाडौं भाद्र १५ ।कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानको अग्रमोर्चामा रहेर जनताको सुरक्षा र सचेतनामा अहम भूमिका निर्वाह गरिरहेका प्रहरीलाइ मास्क वितरण गरिएको छ। काठमाडौं महानगरपालिका ६ स्थित सेतो गुम्बा र उत्पल कयाफेको सहयोगमा नेपाल आदिबासी जनजाती संघ काठमाडौं जिल्ला सदस्य सुरेन्द्र तामाङ र फुर्साङ लामा तामाङ बाट महानगरीय प्रहरी बृत बौद्धक  प्रहरी नायब उपनिरीक्षक श्री नवीन कार्की लाई स्तरीय मास्क एक हजार थान र प्रहरी वृत्त मा सौन्दर्य बढाउनको लागि   फुल सहितको गमला १ सय वटा प्रदान गरेका छन् ।

 कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानको अग्रमोर्चामा रहेर जनताको सुरक्षा र सचेतनामा अहम भूमिका निर्वाह गर्ने सुरक्षाकर्मीलाई सहयोग गर्न पाउँदा खुशी लागेको फुर्साङ लामा तामाङले बताए । उनले कोरोना रोकथामको लागि सबैजना एक जुट भएर लाग्नु पर्ने पनि बताए ।

स्वास्थ्य सामग्री बुझ्दै महानगरीय  प्रहरी वृत बौद्दका प्रमुख प्रहरी नायब उपरीक्षक नबिन अधिकारीले  कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा प्रहरी खटिएको बताए ।

उनले यस बिषम परिस्थितीमा  प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले  आयोजकलाइ  धन्यवाद दिएका थिए । उनले  उक्त सामग्रीहरू आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरीलाई वितरण गरिने पनि  बताए ।

तपाइँको प्रतिक्रिया ।