जुगलले अनलाइन पुस्तकालय संवाद प्रतियोगिता आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र १३।

“समाज रुपान्तरणका लागि पुस्तकालय” भन्ने मूलनाराका साथभाद्र १५ गते मनाइने १३औँ राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा जुगलले जनचेतनामुलक वृहत अनलाइन कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल राष्ट्रिय पुस्तकालयको साथमा कपन स्थित जुगल स्कुल/कलेजले गतवर्ष झैँ यसपटक पनि विद्यार्थीहरु माझ अन्तरविद्यालय संवाद प्रतिस्पर्धा गराउँदैछ ।

भाद्र १४ गते हुने अनलाइन पुस्तकालय संवाद प्रतियोगितामा काठमाडौँका २२ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने विद्यालयका संस्थापक प्रिन्सिपल विवेक विनयीले  भर्चुअल पत्रकार सम्मेलनमा जानकारी गराएका छन  । प्रतिस्पर्धामा प्रत्येक विद्यार्थीहरुसँग पुस्तकालय र पुस्तक सम्बन्धी ५ मिनेट सम्म संवाद गरिने छ । खासगरी पठन संस्कृति अभिवृद्धि गर्न जनचेतना मुलक रुपमा यस कार्यक्रमलाई हरेक वर्ष जुगलले  मनाउँदै आएको छ ।

कार्यक्रमा उपत्यकाका विभिन्न पुस्तकालयका प्रतिनिधिहरु, राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली, शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्मा, विद्यालयका प्रिन्सिपलहरु, शिक्षाविद्हरु, विद्यार्थीहरु लगायतका विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिति रहने जानकारी दिइएको छ  ।
जुगलसँगको सहकार्यमा पठन संस्कृति विकासको लागि राम्रो कार्यक्रम संचालन भइरहेकोमा राष्ट्रिय पुस्तकालयका प्रमुख मैनालीखुशीव्यक्त गरेका छन भने   धेरेले राष्ट्रिय पुस्तकालय दिवसलाई भुलेको र नेपालमा अझै पनि पर्याप्त एवं व्यवस्थित पुस्तकालयहरु नभएको सन्दर्भमा यो कार्यक्रमले महत्वपूर्ण सन्देश दिने  जुगल व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसादआचार्यले बताएका छन।

कार्यक्रममा प्रथम, द्वितिया र तृतिय हुनेलाई प्रमाणपत्र, शिल्ड र मेडलद्वारा सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।