नेकपा ताप्लेजुंगको तिन महिने एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान शुरु

नेकपा ताप्लेजुंगको तिन महिने एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान शुरु

कपन अनलाइन

ताप्लेजुंग ,भाद्र ७ /अमृता नेपाली

नेपाल कम्युनिस्ट पार्टी नेकपाताप्लेजुङले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानको सुभारम्भ गरेको छ। नेकपाले जिल्ला सदरमुकाम फुङ्लिङ्मा आइतबार एक कार्यक्रमको बिच तीन महिने अभियानको शुभारम्भ गरेको हो।

उक्त कार्यक्रममा नेकपा बिपल्प समुहका पुर्ब मेची ब्यूरो सचिबालय सदस्य तथा ताप्लेजुङ जिल्ला सचीव राजकुमार चुडाल( राम) लगायत आठराई त्रिबेणि , फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि तीन दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ सह- इन्चार्ज तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यता र प्रदेश १ कमिटी सदस्य हरु खेमप्रसाद बुढाक्षेत्रि ( पराग) मिङ्ग्मा डण्डु शेर्पा र अम्बिका राजभण्डारीको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको नेकपा जिल्ला अध्यक्ष बिजप्रकाश वनेमले जानकारी दिएका छन।

तीन महिने अभियानमा नेकपा ताप्लेजुङले राजनीति तथा बैचारिक प्रशिक्षण चलाउनुका साथै टोल वडा पालिका र जिल्लामा जनबर्गिय संगठनको एकताका कामहरुलाई तिब्रता दिने वनेमले बताएका छन ।

यस्तै पार्टी सदस्यता नवीकरण विभिन्न पार्टी तथा समुहमा रहेकालाइ पार्टी प्रवेश तथा ध्रुवीकरण तिनै तहका सरकारको कामप्रति अनुगमन जनपरिचालन , सामुहिक श्रम शिबिर सन्चालन गर्ने लक्ष्य सहित तीन महिने अभियानको सुभारम्भ गरिएको छ। नेकपा सरकारले गरिएका कामको प्रचार प्रसार गर्नुका साथै बिस्वमा फैलिएको कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउने कार्यक्रम तय गरिएको छ।

टोल वडा पालिका र जिल्ला स्तरीय जनसभाको आयोजना गरेर पार्टी सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानको अन्त्यमा समिक्षा बैठक राखेर पार्टी केन्द्रलाई यसबारेमा जानकारी गराउने अध्यक्ष वनेमले जानकारी दिएका छन।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।