लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटिको भर्च्युयल मिटिंग सम्पन्न

लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटिको भर्च्युयल मिटिंग सम्पन्न

पन अनलाइन

काठमाडौं ,भाद्र २।सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ काठमाडौं उत्तर बहिनीको आयोजनामा डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग जुम प्रविधि मार्फ़त भर्चुअल रूपमा सम्पन्न भएको छ।  भाद्र १ गते सोमबार भएको सो मिटिंगको अध्यक्षता जोन चियरपर्सन लायन गंगालाल श्रेष्ठले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, रहेका थिए भने  बिशेष अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब चिफ एड भाइजर लायन श्रीचन केसी ,जोन XXIII रिजन XII र एरिया II अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं उत्तरबहिनि ,लायन्स क्लब अफ काठमाडौं  ग्रिनहिल सिटी  ,लायन्स क्लब अफ काठमाडौं कोल्याबोरेटर, लायन्स क्लब अफ  बुढानिलकण्ठ मर्करी  र लायन्स क्लब बुढानिलकण्ठ मोलिक्युल्स सहितका क्लब सम्मिलित पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं उत्तरबाहिनीका सदस्य लायन सरोज बस्नेतले   झण्डाको अभिवादन बाचन  गरेका थिए  ।कार्यक्रममा जोन चियर पर्सन लायन   गंगालाल श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले “हामी सेवा गर्छौ” भन्ने नारासंगै सामाजिक सेवा, नेतृत्व विकास र भातृत्व विकास गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेको विश्वकै ठूलो एक मात्र सामाजिक संस्था लायन्स क्लब अन्तरराष्ट्रिय नेपालमा स्थापना भएको ४९ औ बर्ष पुरा गरी ५० औ बर्ष प्रवेश गरेको अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका थिए। कोभिड-19 का कारण उत्पन्न परिस्थितिका कारण एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले Zoom को प्रविधि प्रयोग गर्नु परेको समेत उनले स्पष्ट पारेका थिए ।

 

कार्यक्रममा जोन XXIII अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल समेत  गरिएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।उनले डिस्ट्रिक गभर्नरले १५ घण्टा सेवाको कार्य गर्ने योजना लाइ सफल बनाउनको लागि सबै जनाले साथ दिनुपर्नेमा जोड दिएका थिए।

उनले कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा आइसोलेसन बेडको अभाब भएको हुँदा लायन्स क्लबले आइसोलेसन निर्माणको लागि जुट्नुपर्ने बताएका थिए।त्यसै गरि कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने प्लाज्मा संकलनको लागि  पहल गर्न अनुरोध गर्दै कोरोना निको भइसकेका व्यक्तिको  रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको उपचारमा सहयोग पुग्ने हुँदा त्यस कार्यमा पनि सहभागी हुन अनुरोध गरेका थिए ।

उनले कोरोना संक्रमणको जोखिम बढ्दै गएको सन्धर्भमा लायन्स सदस्यहरुलाई सुरक्षित भएर मानवीय सेवामा अघि बढ्न समेत अनुरोध गरेका थिए। उनले मानव सेवा आश्रममा रहेका केहि ब्यक्तिहरुलाई समेत कोरोना संक्रमण भएको जानकारी आएको बताउदै संक्रमित ब्यक्तिहरुलाई स्थानान्तरण गरिएको र स्थानान्तरण गरेको ठाउमा लायन्स सदस्यहरुको सहयोगमा खाद्यान्न लगायतको आवश्यक सामग्री पुर्याउन सफल भएको पनि जानकारी गराए ।उनले मानवीय सेवामा जुट्न अनुरोध गर्दै कोरोना संक्रमितहरुको मनोबल बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा समेत जोड दिएका  थिए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले विषम परिस्थितिमा पनि जोम प्रबिधिको माध्यम बाट मिटिंग सम्पन्न गरेकोमा जोन चियरपर्सन गंगा लाल श्रेष्ठलाइ धन्यबाद दिदै  मानवता हराउदै गएको आजको समयमा मानव सेवाका कार्य गर्दै समाजमा सकारात्मक संदेश दिनुपर्ने बताए । उनले समस्यामा परेकाहरुलाई  लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए  ।

लायन्स क्लब इन्टरनेसनल प्रेसिडेन्ट डा जोङ यूल चोय ले यस बर्षको नारा United  in Kindness  and Diversityतय गरेको जानकारी गराउदै  उनले कोभिड १९  को माहामारीको कारण इन्टरनेसनल कन्भेन्सन  रद्द भएको कारण फर्स्ट भाइस प्रेसिडेन्ट लायन Haynes H . Townsend को असामयिक निधनका कारण  वर्ष २०२०/२०२१का पनि प्रेसिडेन्ट  भएका डा जोङ यूल चोयको अघिल्लो वर्षको नारा we serve through Diversity र लायन Haynes H . Townsend ले २०२०/२१को लागि कल्पना गरेको  नारा Kindness matters को संयोजनमा यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट को नारा United  in Kindness  and Diversity राखिएको जानकारी गराए।  उनले लायन्स क्लब अन्तर्राष्ट्रिय आगामी लायन वर्षका प्राथमिकता कार्यक्रमहरु निम्न रहेको जानकारी गराए ।

उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र  डीज्यास्टर रिलिफ, रहेको बताउदै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,ले  डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए।

नले TEAM को अर्थ बुझाउंदै

T बाट Tenacious  (दृढ)

E बाट Energetic (उर्जावान)

A बाट Adaptable (अनुकुलनीय)

M बाट Maturity ( परिपक्वता)  रहेको बताए।

उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताएका थिए।कार्यक्रममा लायन तुलसीराम ओली लगायतले अब्जरभेसन  रिमर्क्स राखेका थिए भने लायन्स क्लब अफ काठमाडौं ग्रिनहिल सिटीको प्रेसिडेन्ट लायन रेखा चापागाईंले धन्यबाद ज्ञापन गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।