टोखा युवा क्लवको कोरोना भाईरस बिरुद्धको सतर्कता अभियान शुरु
कपन अनलाइन
काठमाडौं ,साउन ३०।
कोरोना भाईरस तीव्र रुपमा टोखा नगरपालिकामा फैलिरहेको र समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गरि टोखा युवा क्लवद्वारा आजबाट कोभिड-१९ कोरोना भाईरस बिरुद्धको सतर्कता अभियानको सुभारम्भ टोखा न.पा. ३ नं वडा बाट प्रारम्भ गरेको छ ।
टोखा नगरपालिका वडा नं ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ को प्रमुख आतिथ्यततमा सुभारम्भ भएको कार्यक्रम अन्तर्गत संस्थाका सदस्यहरु र सदस्यका परिवारलाई लक्षित गरि ५०० ml सेनेटाईजर १ थान र ३० वटा सर्जिकल मास्क ज उपस्थित ३० जना सदस्यहरुलाई बितरण गगरिएको थियो ।
आफु सुरक्षित सतर्क रहि समाज र समुदायकाे रक्षा सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेकाे जानकारी दिदै संस्थाका अध्यक्ष रामराज श्रेष्ठले सो कार्यक्रम टाेखा नगरपालिकाकाे हरेक वडामा वडा अध्यक्षहरुकाे राेहवरमा र वडाकाे सहभागितामा अगाडि बढाउने बताएका छन।
कार्यक्रमका वक्ताहरुले टोखा युवा क्लवले प्रारम्भिक लकडाउनको समयमा खेलेको भमिकाको प्रशंसा गर्दै युवाहरुले चाल्ने यस्ता गतिविधिमा आफ्नो, साथ, समर्थन र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुहुदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए।
सतर्कता अभियान अन्तर्गत टोखाको भित्रि बस्ति चोक मुख्य सडकहरुमा अटाेमेटिक सेनेटाईजर डिस्पेन्सर जडान गर्ने, सबैलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्ने, निशुल्क मास्क बितरण गर्ने र अन्य सुरक्षा सतर्कता अपनाउन सचेतना फैलाउने जस्ता कार्यक्रम गर्ने रहेको क्लवका सचिव बुध्द श्रेष्ठले जानकारी दिएका छन ।