आव २०७७/७८ मा काठमाडौं क्षेत्र नं ५ (२) का योजना तथा कार्यक्रमहरुका वारेमा छलफल
कपन अनलाइन
काठमाडौं ,साउन २९/नविना श्रेष्ठ
काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न वडाहरुमा आर्थिक वर्ष २०७७/७८ का लागि निर्माण तथा संचालन गरिने भौतिक योजना तथा विभिन्न कार्यक्रमहरुका वारेमा छलफल गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको सभा कक्षमा भएको उक्त छलफलमा सो निर्वाचन क्षेत्र बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौला , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल, उपप्रमुख रमा राई,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद अधिकारी ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी , उपप्रमुख ज्ञानमाया डंगोल , प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,नेकपा काठमाडौं जिल्ला सदस्य विदुर विक्रम खडका सहित दुवै नगरपालिकाका योजना शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
सो प्रदेस निर्वाचन क्षेत्रका लागि बागमती प्रदेस सरकार बाट बिनियोजन गरिएको समपुरक र ससर्त योजनाका बजेटलाई कार्यान्वयनमा लैजानका लागि आवस्यक तयारीका वारेमा छलफल गरिएको थियो।
उक्त छलफलमा निम्न योजनाहरुका वारेमा छलफल गरिएको थियो :
१.बालुवापाटी-धनेश्वर -धमलटार भत्केको पुल स्तरोन्नति टोखा
२.चिसेनी उकालो सडक बुढानिलकण्ठ
३. विष्णुमति -चंडेश्वरी जाने सडक बुढानिलकण्ठ- ४
४.गलेपार्क निर्माण टोखा -२
५.विरेन्द्र बाटिका परिसरमा क्रियापुत्री र श्री समाज भवन निर्माण टोखा -५
६.दाहाल गौडा पार्क निर्माण टोखा -७
७.सुर्यटोल वाचनालय तथा बगैचा निर्माण टोखा -६
८.साइ बाबा चोक विष्णुमति हुदै गणेशस्थान सडक टोखा २र ३
९.ओखलगाउँ सामुहिक फलफुल खेती बुढानिलकण्ठ -६
१०.आत्मा विकास स्कुल ठुलोगाउँ सडक स्तरोन्नति-बुढानिलकण्ठ -३
११.चिसेनी मार्ग भण्डारी टोल सडक स्तरोन्नति बुढानिलकण्ठ -३
१२. डाँडागाउँ सडक स्तरोन्नति बुढानिलकण्ठ -५
१३.सपनतिर्थ चंडेश्वरी सडक
१४.लुड़ेखोला सपनतिर्थ कोरिडोर
१५. बुढानिलकण्ठ र चंडेश्वरी मन्दिर विकास
उक्त छलफलमा माथिका भौतिक निर्माणका योजनाहरुका साथै टोखा र बुढानिलकण्ठ नगरपालिकामा मिनी डिजिटल माटो परिक्षण ल्याव स्थापना तथा संचालन , तरकारी तथा फलफुल संकलन केन्द्र सहितको हाटबजार स्थापना ,थप दुई विद्यालयमा नर्सको व्यवस्थापन ,बुढानिलकण्ठ -४ मा सामुदायिक स्वास्थ्य इकाई स्थापना ,महिला स्वयंसेविकाहरुलाई प्रोत्सहानका लागि संचार खर्च व्यवस्थापन लगायतका योजना कार्यन्वयनका लागि पहल गर्ने निर्णय गरिएको थियो।
त्यस्तै उक्त छलफलमा बागमती प्रदेस सरकार बाट समपुरक तथा ससर्त अनुदानका रुपमा आएका बाल बिवाह अन्त्यका लागि समुदाय परिचालन ,अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम ,बाबुआमा बिहिन बालबालिका संरक्षण कार्यक्रम र बालमैत्री स्थानीय तह घोषणा प्रोत्सहान कार्यक्रमका लागि आएको बजेट कार्यान्वयन गर्नका लागि प्रक्रिया शुरु गर्ने निर्णय उक्त गरिएको थियो।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )